Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

इच्छाकामना गाउँपालिकाको तीजगीत प्रतियोगितामा मुग्लिनको इच्छाकामना त्रिवेणी कलाकेन्द्र पहिलो

इच्छाकामना गाउँपालिकाको तीजगीत प्रतियोगितामा मुग्लिनको इच्छाकामना त्रिवेणी कलाकेन्द्र पहिलो

images

इच्छाकामना न्युज

१९, भाद्र २०८१
इच्छाकामना गाउँपालिकाको तीजगीत प्रतियोगितामा मुग्लिनको इच्छाकामना त्रिवेणी कलाकेन्द्र पहिलो
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको आयोजनामा भएको तीजगीत प्रतियोगितामा इच्छाकामना त्रिवेणी कलाकेन्द्र मुग्लिनको समूह प्रथम भएको छ । आज भएको प्रतियोगितामा ११ टिमलाई पछि पार्दै कलाकेन्द्र प्रथम भएको हो । 457191151_3739713299602101_6870776314469487270_n.jpg

प्रथम भएसँगै इच्छाकामना त्रिवेणी कलाकेन्द्रले नगद २० हजार र प्रमाणपत्र पाएको छ भने प्रतियोगितामा दोस्रो भएको कर्तव्यनिष्ठ महिला समूह मुग्लिनले नगद १३ हजार ५ सय र प्रमाणपत्र पाएको छ । 

457632954_1039805497850553_6175312180331730048_n.jpg

यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल कुरिनटार प्रगती पाठशालाले नगद ९ हजार ५ सय र प्रमाणपत्र पाएको छ भने सान्त्वना हुने दुई वटा समूह हिमाल आमा समूह कुरिनटार र चेपाङ पैरवी मञ्च धुषाले जनही नगद ४ हजार र प्रमाणपत्र पाएको छ ।

457259395_547296194304190_678028304169027223_n.jpg

प्रतियोगितामा विजयी समूहलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, विशिष्ट अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत लगायतले पुरस्कार प्रदान गरिएको थियो ।

457524467_1159348365173641_8412029619533821523_n.jpg

कार्यक्रमको अध्यक्षतामा गाउँपालिकाका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक माया सिलवालले गरेको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान चितवनका उपाध्यक्ष एवं लोकदोहोरी गायक उपेन्द्र देवकोटा, सदस्य एवं लोकदोहोरी गायीका सपना गुरुङ र चुड्का तथा सालैजो जस्ता मौलिक गीतका गायक पृथ्वी गुरुङ रहेका थिए ।

images
प्रकाशित मिति :भाद्र १९, २०८१ बुधवार - २२:२८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology