Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

श्रीलंकामा नेपालले अभ्यास खेल खेल्दै

श्रीलंकामा नेपालले अभ्यास खेल खेल्दै

इच्छाकामना न्युज

२१, भाद्र २०८१
श्रीलंकामा नेपालले अभ्यास खेल खेल्दै
images

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको तेस्रो अभ्यास खेल आज हुँदै छ ।

images
images

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज तेस्रो खेल हुन लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा १० बजेदेखि शुरु हुँदैछ ।

 

यसअघि मंगलबार र बुधबार खेल्ने भनिएका पहिलो र दोस्रो खेल बर्षाले रद्ध भएको थियो ।

नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग - २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।

 

images
प्रकाशित मिति :भाद्र २१, २०८१ शुक्रवार - १०:३५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology