सिमलढाप । नेकपा (एमाले) वडा कमिटी इच्छाकामना गाउँपालिका ७ को अध्यक्षमा सन्त बहादुर गुरुङ चयन भएका छन् । आज शनिबार सम्पन्न पार्टीको दोश्रो वडा अधिवेशनले गुरुङको नेतृत्वमा ४१ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा हस्तबहादुर लामा, सचिवमा धन बहादुर गुरुङ, सहसचिवहरुमा सुरज मगर र गोमा गुरुङ चयन भएका छन् । अधिवेशनको अवसरमा खेलाडीहरुलाई फुटबल र भलिवल सामग्री प्रदान गर्नुका साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

अधिवेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल, एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, नेकपा एमाले चितवनका अध्यक्ष कमल राज पाठक, चितवन जिल्ला समन्वयन समिति प्रमुख नारायण अधिकारी, नेताहरु दानबहादुर गुरुङ, माया सिलवाल लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एमालेबाट तात्कालिन दाहाखानी गाविसका जनप्रतिनिधिमा निर्वाचितहरु तथा पराना एमाले कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो भने सोही कार्यक्रममा बागमती प्रदेशको वन तथा वातावरण मन्त्रीमा नियुक्त चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का सांसद इच्छाकामनाका कृष्ण सिलवाललाई वडाकमिटिको तर्फबाट बधाई तथा सम्मान समेत ज्ञापन गरिएको थियो ।




