Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा विरोध प्रदर्शन गर्दै, २ लाख मानिस उतार्ने तयारी 

नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा विरोध प्रदर्शन गर्दै, २ लाख मानिस उतार्ने तयारी 

सिआईएन

२८, माघ २०७७
नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा विरोध प्रदर्शन गर्दै, २ लाख मानिस उतार्ने तयारी 
images

काठमाण्डौ, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहबीचमा एक अर्का विरुद्ध प्रदर्शन गर्ने प्रतिस्पर्धा नै चलेको छ । 
प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको प्रदर्शनका लागि बिहान ११ बजे काठमाडौँका विभिन्न स्थानबाट जुलुश निकालिनेछ । बिभिन्न स्थानबाट निस्कने जुलुश भृकुटिमण्डपमा सभामा परिणत भएपछि शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । 
जुलुस निस्कने ५ स्थानमा विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ । मुख्य जुलुस भने सुन्धाराबाट निस्कने जनाइएको छ । 
आजको प्रदर्शनमा दुई लाख मानिस सडकमा उतार्ने प्रचण्ड–नेपाल पक्षका नेता झलनाथ खनालले सीआईएनसँगको कुराकानीमा दावी गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले राजधानी काठमाडौंमा दोस्रो पटक शक्ति प्रदर्शन गर्न लागेको हो । यही माघ २३ मा भने नेकपा ओली समूहले नारायणहिटीअगाडि शक्ति प्रदर्शन गरेको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । ओली र प्रचण्ड–नेपाल भिन्न समूह बनाएर कार्यक्रम गरिरहेका छन्।

images
images

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - ०९:३०:२४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology