Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

सिलिङटारवासीको पीडा : बाढीले पुल बगायो, आवतजावत गर्न कठिन, पठनपाठन गर्न डेढ घण्टा पैदल

सिलिङटारवासीको पीडा : बाढीले पुल बगायो, आवतजावत गर्न कठिन, पठनपाठन गर्न डेढ घण्टा पैदल

images

पत्रपत्रिका

१६, आश्विन २०८१
सिलिङटारवासीको पीडा : बाढीले पुल बगायो, आवतजावत गर्न कठिन, पठनपाठन गर्न डेढ घण्टा पैदल
images

मेलिना बराम, सिलिङटार । केही दिनअघि अबिरल बर्षासंगै त्रिशुली नदीमा आएको बाढीले सहिद लखन गाउँपालिका–३ सिलिङटार र इच्छाकामना –४ केबलकार नजिकैको झोलुङ्गे पुलमा क्षति पु¥यायो । झोलुङ्गे पुलमा क्षति पुगेपछि त्यहाँका स्थानीयलाई त्रिशुली वारपार गर्न निकै समस्या खेप्नु परेको छ । ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने, तरकारी बेच्न पारि तरेर राजमार्गतर्फ जानु पर्ने स्थानीयहरुलाई समस्या हुने गरेको हो ।

‘पुलबाट आवतजावात गर्न नमिल्ने भएपछि दैनिक ज्याला मजदुरी गरेर खाने, उत्पादन गरेका तरकारी बिक्री गर्न पारी जान पर्नेहरु निकै मर्का परेको छ,’ सहिद लखन गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दिपक पाण्डे भन्छन्, ‘पारि नगई केही काम हुदैन । वारपार गर्नलाई पुल छैन । ज्यान जोखिममा मोलेर के हिड्नु ? पढ्ने बालबालिकाको कथा उस्तै, जागिर खानेहरुको व्यथा पनि उस्तै छ । विकल्पमा अर्को बाटो पनि नजिक छैन, डेढ घण्टा पैदल हिडेर अर्को पुल तरेर पारि जानुपर्छ ।’

पुल नभएपछि बालबालिकाको नियमित पठनपाठन पनि प्रभावित बनेको उनले बताए । त्यहाँका विद्यार्थीहरु पठनपाठन गर्न कुरिनटार जानुपर्छ । ‘हाइस्कूल पढ्न पनि कुरिनटार जानुपर्छ, सानासाना नानी बाबुहरुलाई बोर्डिङ पठाउन पनि उतै लान्छन् । पुल तरेर राजमार्गमा जाने हो । राजमार्ग पुगेपछि गाडी चढेर स्कूल जानुपर्ने बालबालिका पुल नहुँदा समस्या भएको छ’, उनले भने, ‘पारि जानलाई ताक्लुङ खोला तरेर जानु पर्छ, साना नानी बाबुहरुले खोला तर्न सक्दैनन । अभिभावकहरुले पनि डोरीको लठ्ठाहरु समाएर आवतजावत गराउने गरिरहेका छन् । धेरै समस्या भएको छ ।’

नदीमा पानीको बहाव अझै घटेको छैन । पुल जीर्ण बनेसँगै करिब एक सय घरधुरीका बासिन्दा प्रभावित बनेको वडाध्यक्ष पाण्डेले जानकारी दिए । पुल नहुँदा मनकामना दर्शन गर्न आउने दर्शनार्थीलाई पनि समस्या हुने गरेको छ । ५ बजेपछि केबलकार बन्द हुन्छ । ‘केवलकार नचल्ने बेला आएका भक्तजन यात्रुहरु यहीँ पुल हुदैँ पारि तरेर गाडीमा मनकामना पुग्थे । अब एक रात बास बसेर बल्ल भोलि बिहान ८ बजे जान पर्ने बाध्यता छ’ उनले भने ।

इर्मेजेन्सी कोही बिमारी परि हाल्यो भने पनि हस्पिटल लैजान समस्या हुने उनले बताए । पहिला पाँच मिनेटमा वारीपारि गर्न सकिन्थ्यो । अहिले डेढ/दुई घण्ट पैदल हिडेर पारी पुग्नु पर्ने बाध्यता रहेको छ । चाडवाड नजिकिदै गर्दा मनकामना मन्दिरको तल बसेर फुल माला बेच्ने ठेलामा प्रसादहरु बेच्नेहरुको पनि व्यापारमा समस्या आएको वडाध्यक्ष पाण्डेले बताए । ‘सिमलको रुख जारासहितको रुख आएर पुलको बीच भागमा अड्किएको छ । टुप्पो पट्टिको भाग पानीमा लत्रिएको छ, जरा ठाडो भएर बसेको छ,’ उनले भने, ‘नदीमा पानीको बहाब कम भए पछि हामी त्यसलाई हटाएर मर्मत सम्भार गर्ने तयारी छौं ।’ उक्त पुल २०६० सालमा निर्माण गरिएको थियो । दरौदी दैनिकबाट

images
प्रकाशित मिति :आश्विन १६, २०८१ बुधवार - ०८:५०:३१ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology