Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रथम कुरिनटार कपको उपाधी मोनस्टर फेमली आँबुखैरेनीले जित्यो

प्रथम कुरिनटार कपको उपाधी मोनस्टर फेमली आँबुखैरेनीले जित्यो

इच्छाकामना न्युज

१७, आश्विन २०८१
प्रथम कुरिनटार कपको उपाधी मोनस्टर फेमली आँबुखैरेनीले जित्यो

कुरिनटार । मोनस्टर फेमली आँबुखैरेनीले प्रथम कुरिनटार कप २०८१को उपाधी जितेको छ ।  पेनाल्टी सुटआउटमा ब्वाईज यूनियन इच्छाकामनालाई पराजित गरेको हो । प्रतियोगिताका विजेता मोनस्टर फेमलीले रु १ लाख ११ हजार १० १ रुपैयाँ नगदसहित ट्रफी,मेडल  र प्रमाणपत्र प्राप्त प्राप्त गरेका  छन् । उपविजेता ब्वाईज यूनियन इच्छाकामनाले भने रु ५५ हजार ५०१ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

images

विजेता टिम तथा विभिन्न विद्याका उत्कृष्ट  खेलाडीहरुलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, आयोजक के ब्वाईज क्लब कुरिनटारका अध्यक्ष डुपेन्द्र गुरुङ लगायतका अतिथिहरुले  पुरस्कार प्रदान गरेका थिए । 

निर्धारित समयमा  दुई ÷दुई गोलको बराबरी  भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।  के ब्वाईज क्लब कुरिनटारको आयोजनामा  चितवनको  इच्छाकामना ४ कुरिनटारको सर्वशान्ति खेल मैदानमा सम्पन्न  ‘प्रथम कुरिनटार कप २०८१ ’खुल्ला नकटाउन नाइन ए साईड फुटबल प्रतियोगिता  इच्छाकामनामा नै सर्वाधिक राशी पुरस्कार भएको प्रतियोगिता हो ।  

 प्रतियोगिताको प्रमुख प्रायोजक इच्छाकामना गाउँपालिका र सहप्रायोजक बाबुलाल राना मगर रहनुभएकोे थियो ।

images
प्रकाशित मिति :आश्विन १७, २०८१ बिहिवार - ०९:२६:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology