कुरिनटार । बागमती सरकारका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले वनलाई आयआर्जनमा जोड्नुपर्नेमा जोड दिनुभएको छ । शुक्रबार कुरिनटारमा नवनिर्मित इच्छाकामना सव डिभिजन कार्यालय भवनको उद्घाटन गर्नुहुदैँ मन्त्री सिलवालले बनलाई संरक्षणसगैँ आयआर्जनको माध्यम बनाउनुपर्ने बताउनुभएको हो ।
यहाँका रुख विरुवा तथा जडीबुटीलाई कानुन विधि पुर्याएर सही सदुपयोग गरेर आम्दानीको स्रोत बनाउनुपर्ने उहाँको भनाई छ । यस इच्छाकामना सव डिभिजनलाई वन उपभोक्ता र कबुलियती वनमा आवद्ध रहेकाहरुका लागि आयर्जनका कार्यक्रम ल्याउन आग्रह गर्दै उहाँले वन मन्त्रालयले अवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
वनलाई संरक्षणसगैँ आयआर्जनमा जोड्दै आर्थिक पाटो परिवर्तन गराउने माध्यम बनाउन आवश्यक छ, उहाँले भन्नुभयो,‘ त्यसका लागि वन मन्त्रालय आवश्यक सीप तालिम दिन, मेसिन, विउपुँजी उपलब्ध गराउन तयार छ । ’ भवन निर्माणसगैँ जनताको सेवाका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।