Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

बाढीले क्षति पुर्‍याएको सिलिङटारको झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आयो

बाढीले क्षति पुर्‍याएको सिलिङटारको झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आयो

images

इच्छाकामना न्युज

२५, आश्विन २०८१
बाढीले क्षति पुर्‍याएको सिलिङटारको झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आयो
images

चेरेस । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ३ सिलिङटार र  चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ चेरेस जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।  असोज ११ र १२ गते आएको वाढिले क्षती पु¥याएपछि उक्त पुलमा आवतजावत रोकिएको थियो ।  शहिदलखन गाउँपालिका र झोलुङ्गे पुल सम्बन्धि काम गर्दै आएको सस्पेन्सन व्रिज शाखाका इन्जिनियरको प्राविधिक सहयोगमा पुलको लठ्ठा तानेर सञ्चालनमा ल्याइएको हो । 

टाइफर मेसिनको प्रयोग गरेर पुलको लठ्ठा तानेसँगै पुलको छेउमा जाली भरेर आउजाउ गर्न सहज बनाइएको इन्जिनियर राजेन्द्र गौतमले बताउनुभयो ।

पुलको पखेटाको रुपमा रहेको भाग बाढीले बगाएको कारण अहिले मानिसहरुलाई आउजाउ गर्न सहज बनाइदिएको इन्जिनियर गोतमले बताउनुभयो । 

चाडपर्वका समय रातमा समेत पुलमा ओहोरदोहोर हुनसक्छ त्यसका लागि गाउँपालिकाबाट पटक पटक ताकेता भएको कारण पुल निर्माणमा टोलि खटाएको गौतमको भनाई छ ।

पुलबाट मोटरसाइकल लगायतका सवारी नचलाउन स्थानीयलाई सजग गराइएको वडा अध्यक्ष दिपक पाण्डेले बताउनुभयो । पुलको आकश्मिक मर्मत कार्य सम्पन्न भएपछि स्थानीयहरु खुशी भएका  छन् । 

पुल सञ्चालनसगो स्थानीयहरु खुशी भएका छन् । दशैँ अघि पुल बन्छ जस्तो लागेको थिएन – स्थानीय रोशन गुरुङले भन्नुभयो -पुल बनेर वारपार गर्न सजिलो भएको छ ।

गाउँपालिका अध्यक्ष रमेश बाबु थपा मगरले स्थलगत रुपमै पुलको अवस्था बारे जानकरी लिएर र्मत गर्नका लागि  पहल गर्नुभएको थियो । 

images
प्रकाशित मिति :आश्विन २५, २०८१ शुक्रवार - ०७:२४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology