Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बुट्टारको त्रिशुली किनारमा पहिलो पटक कार्तिक ८ गतेदेखि ‘प्रथम गण्डकी महोत्सव २०८१’ हुने

बुट्टारको त्रिशुली किनारमा पहिलो पटक कार्तिक ८ गतेदेखि ‘प्रथम गण्डकी महोत्सव २०८१’ हुने

इच्छाकामना न्युज

२५, आश्विन २०८१
बुट्टारको त्रिशुली किनारमा पहिलो पटक कार्तिक ८ गतेदेखि ‘प्रथम गण्डकी महोत्सव २०८१’ हुने

बुट्टार ।  गोरखाको गण्डकी गाउँपालिका १ बुट्टारमा प्रथम गण्डकी महोत्सव हुने भएको छ ।  सुपर त्रिशूली हाइड्रो पावर सरोकार समितिको आयोजना तथा  सामुदायिक रेडियो इच्छाकामना एफ कुरिनटार चितवनको सह–आयोजनामा कार्तिक ८ गतेदेखि १७ गते सम्म  महोत्सव हुने भएको हो ।  

images

गण्डकी गाउँपालिका र आसपासका क्षेत्रको आर्थिक क्रियाकलापहरुलाई प्रवद्र्धन तथा यहाँका उद्यमीहरु, पर्यटन व्यवसायीहरु र विविध क्षेत्रका सरोकारवालाहरुका ज्ञान, सिप, अनुभवहरु, क्रियाकलापहरु र नविनतम उपलब्धिहरुको प्रदर्शन गर्न उत्प्रेरित तथा उत्साहित गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको सुपर त्रिशूली हाइड्रो पावर  सरोकार समितिका अध्यक्ष  सिताराम विश्वकर्माले बताउनुभयो ।  

यो महोत्सव यस क्षेत्रका स्थानीय संघ संस्था, निकायहरु, उद्योगी व्यवसायीहरु, पर्यटन व्यवसायीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुको संयुक्त प्रयास भएको उहाँले बताउनुभयो । 

यो महोत्सव समग्र गण्डकी गाउँपालिका र गोरखा जिल्लाकै सर्वाङ्गिण विकासको कोशेढुङ्गा सिद्ध हुने सरोकार समितिका सचिव संगम मगरातीले बताउनुभयो ।  आजसम्म यस क्षेत्रको विकासको लागि यहाँका मनोरम दृष्यहरुको प्रचारप्रसार र प्रवद्र्धन गर्ने किसिमका कुनै पनि कार्यक्रम हुन नसकेको अवस्था मा यो महोत्सव एउटा ऐतिहासिक महोत्सव हुने उहाँको भनाई छ । 

यस महोत्सवले यहाँको पहिचान, परम्परा, सिप, प्रविधि, प्राकृतिक जैविक तथा वनस्पतिजन्य विविधता, नदी, ¥याफ्टिङ, मनोरञ्जन, सांस्कृतक पहिचान, बसोवास लगायतका समग्र कुराहरुको प्रदर्शनमार्फत प्रचार प्रसार गरी विकास, प्रवद्र्धन र विस्तार गर्न सहयोग गर्ने आयोजकको दावी छ । यो महोत्सव सम्पूर्ण व्यवसायीहरु तथा यस क्षेत्रका सरोकारवालाहरुको बजार प्रवद्र्धन तथा व्यावसायिकरणका लागि महत्वपूर्ण अवसर उहाँले बताउनुभयो । 

यस क्षेत्रको परम्परा, चालचलन, रितिरिवाज, धर्म, संस्कृति, साहित्य तथा कलाको संरक्षण तथा सम्वद्र्धन गर्ने पनि महोत्सवले टेवा पु¥याउने आयोजकले जनाएको छ ।   वडा पालिका र जिल्ला स्तरमा अदृश्य रुपमा रहेका नृत्य क्षमतालाई गण्डकी डान्स आइडल मार्फत अवसर प्रदान गर्ने  । लोप हुदैँ गएका परम्परा तथा मौलिक संस्कृतिहरु जस्तै ः रत्यौली, लाखे नाच, भजन, घाटु, चुड्का र कौरा नाच जस्ता स्रस्कृतिहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने, नेपलीहरुको असाध्यै लोकप्रिय तर विस्तारै ओझेलमा पर्दै गएको भलिबल खेललाइ सुनौलो अवसर प्रदान गर्ने जनाएको छ ।  
 करिब १०० वटा स्टल रहने र  एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ ।  

महोत्सवको खुद आम्दानिको ०५ प्रतिशत गण्डकी योगदान कोषलाइ प्रदान गरिनेछ आयोजकले जनाएको छ । 

महोत्सवका प्रमुख आकर्षणहरु:

    राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विविध सांस्कृतिका कार्यक्रमहरु ।
    गण्डकी डान्स आइडल ।
    ग्ण्डकी प्रदेश स्तरीय खुल्ला भलिबल प्रतियोगिता ।
    लोक दोहोरी, चुड्का, रत्यौली, भजन, लाखे नाच र पन्चे बाजा प्रतियोगिता ।
    करिव १०० भन्दा बढी स्टलहरु प्रदर्शनमा समावेश गरिनेछ ।
    करिव १,००,००० दर्शक÷आगन्तुकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको छ ।
    देशभरबाट व्यवसायिहरु तथा आगन्तुकहरु यस महोत्सवमा सहभागी हुनेछन् । 
    यहाँको मौलिक तथा स्थानिय उत्पादन र वस्तुहरुको उच्चतम बिक्री वितण र प्रचार प्रसार हुनेछ ।
    वस्तु तथा सेवाको विक्रि वितरण अधिकतम सहुलियत दरमा हुनेछ ।
    उत्पादकहरुको उपभोक्तासँग प्रत्यक्ष सम्पर्कद्वारा पृष्ठपोषण प्राप्त गर्न सकिनेछ ।
    यहाँको आदिवासि जनजातिका राष्ट्रिय स्तरको नेपाली संस्कृती र परम्पराको प्रदर्शन हुनेछ ।

    आगन्तुकहरुलाई अविष्मरणीय अनुभव हासिल हुनेछ ।
    पर्यटन व्यवसायको प्रवर्दन हुनेछ ।
    राफ्टिङको अवसर ।
    जिपलाइनको अवसर ।
    वृहत ¥यालीको आयोजना ।
    कृषी उत्पादनको प्रतिस्पर्धा हुनेछ ।
    कला प्रदर्शन ।
    सुचना प्रविधिको प्रवद्र्धन ।
    गण्डकी गा.पा. क्षेत्रको विकासका सम्भावनाको आदान प्रदान गर्ने उपयुक्त अवसर ।

images
प्रकाशित मिति :आश्विन २५, २०८१ शुक्रवार - ०७:३६:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology