आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित बेनिटारबाट अवैध लागुऔषध सहित २ जना पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनी अन्तर्गत प्रहरी चौकी पुलजीपबाट नियमित सवारी चेकजाँचको लागि खटिएको प्रहरी टोलीले उनीहरुलाई आज बिहान करिब सवा ५ बजे तिर अवैध लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्घाखाँची मालारानी गाउँपालिका वडा नं ७ बस्ने बर्ष २२ को तिलक पाण्डे र नवलपरासी बर्दघाट सुस्ता पश्चिम सुनवल नगरपालिका वडा नं ५ बस्ने बर्ष १९ को रिजल रसाईली बिक रहेको छ ।
उनीहरुको साथबाट प्रहरीले लागु औषध डाइजापाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रीनुर्फिन ५० एम्पुल गरि जम्मा १५० एम्पुल लागु औषध बरामद गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक टेक प्रसाद सुवेदीले जानकारी दिए । पक्राउ परेका हरुलाई आजै जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।