Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

पाँचौं बारपाक सुलिकोट राष्ट्रपति रनिङ शिल्डको उपाधि माझथर माविलाई

पाँचौं बारपाक सुलिकोट राष्ट्रपति रनिङ शिल्डको उपाधि माझथर माविलाई

images

इच्छाकामना न्युज

११, कार्तिक २०८१
पाँचौं बारपाक सुलिकोट राष्ट्रपति रनिङ शिल्डको उपाधि माझथर माविलाई
images

 ११ कार्तिक , गोरखा बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि माझथर माविले जितेको छ । गाउँपालिकाको केन्द्र ताकुकोटमा भएको प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ४ काँस्य गरि कूल २२ पदक जितेर माझथर मावि उपाधि बिजेता बनेको गाउँपालिका शिक्षा शाखा प्रमुख भिमकुमार श्रेष्ठले बताए ।

उक्त बिद्यालयले ३० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यससँगै लगातार ३ वर्ष विजेता बन्दै माझथर माविले बारपाक सुलिकोट गाउँपालिकाको रनिङ शिल्डमा आफ्नो स्वामित्व समेत हाँसिल गरेको छ । त्यस्तै, प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ५ काँस्य गरि कूल १९ पदक सहित सूर्यज्योति मावि उपाधि उपबिजेता बनेको छ ।

उक्त बिद्यालयले २० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । २ स्वर्ण, २ रजत र १ काँस्य गरि कूल ५ पदक सहित तेस्रो स्थान हासिल गरेको शैलपुत्री माविले १० हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा भलिबल खेलको छात्रतर्फ दुर्गा माविका कविराज विक र छात्रातर्फ माझथर माविका पूजा गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै गरि कबड्डी खेलको छात्रतर्फ सूर्यज्योति माविका सन्देश श्रेष्ठ र छात्रातर्फ सूर्यज्योति माविकै अञ्जना परियार उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । एथलेटिक्समा छात्रतर्फ सूर्यज्योति माविका पविन रम्तेल र छात्रातर्फ माझथर माविका पुनम गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

विजेता टिमलाई गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले पुरस्कार वितरण गरेका थिए । सो प्रतियोगितामा १० वटा माध्यामिक र २ वटा आधारभूत गरि जम्मा १२ वटा विद्यालयका चार सय विद्यार्थीको सहभागिता रहेको थियो ।

बिहीबाट शनिबारसम्म्म संचालन भएको प्रतियोगितामा एथलेटिक्स, कबड्डी र भलिबल गरि कूल ३० विधामा प्रतिस्पर्धा भएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले खेलकूद प्रतियोगिताले खेलाडीको अनुशासन, खेलभावनाको विकास र सर्वाड्गीण विकास टेवा पु¥याउने बताए ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - १०:३०:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology