Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अन्नपूर्ण क्षेत्रबाट माथिएसको अनुरोध : अन्नपूर्णको विश्वभर प्रचार गरौं

अन्नपूर्ण क्षेत्रबाट माथिएसको अनुरोध : अन्नपूर्णको विश्वभर प्रचार गरौं

इच्छाकामना न्युज

११, कार्तिक २०८१
अन्नपूर्ण क्षेत्रबाट माथिएसको अनुरोध : अन्नपूर्णको विश्वभर प्रचार गरौं

ठाकुरप्रसाद आचार्य / म्याग्दी, कात्तिक ११ गते । पिताको मार्ग पछ्याउँदै अन्नपूर्ण क्षेत्रमा आउनुभएका फ्रान्सेली नागरिक माथिएस हर्जोगले प्राकृतिक सुन्दरताले भरिपूर्ण अन्नपूर्ण प्रथम हिमालको विश्वभर प्रचारप्रसार गर्न अनुरोध गर्नुभएको छ ।

images

अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण गरेर पहिलो आरोहीको कीर्तिमानी बनाउनुभएका फ्रान्सेली आरोही मौरिस हर्जोगका छोरा माथिएस म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण  हिमालको अधार शिविरमा पुग्नुभएको हो  ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर विश्वमै पहिलो आरोहीको कीर्तिमानी राख्नुभएका आफ्ना पिता हिँडेको मार्ग पछ्याउँदै माथिएस शनिबार अन्नपूर्ण आधार शिविर पुग्नुभएको थियो ।

७५ वर्ष अघि पिता हिँडेको मार्ग हुँदै शनिबार माथिएस आधार शिविर पुगेर फर्किनुभएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिनुभयो । माथिएसले आधार शिविरस्थित पञ्चकुण्ड ताल नजिक राखिएको पिता मौरिसको शालिकमा माल्यापर्ण गर्नुका साथै सामूहिक तस्बिर पनि खिच्नुभएको थियो । उहाँले आधार शिविर पुगेर केही बेर ध्यान पनि गर्नुभएको गुरुङले बताउनुभयो ।

शुक्रबार माथिएस नारच्याङबाट सुरु हुने मौरिस हर्जोग पदमार्गमा पदयात्रा गर्दै चार हजार एक सय ९० मिटर उचाइमा रहेको आधार शिविर पुग्नुभएको पदमार्गका अभियन्ता गुरुङले बताउनुभ

images
प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - १४:११:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology