Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखामा गत बर्ष ४१ हजार बढी मेट्रिक टन धान उत्पादन

गोरखामा गत बर्ष ४१ हजार बढी मेट्रिक टन धान उत्पादन

इच्छाकामना न्युज

१६, कार्तिक २०८१
गोरखामा गत बर्ष ४१ हजार बढी मेट्रिक टन धान उत्पादन

गोरखा, १६ कात्तिक । धानमा आत्मनिर्भर गोरखामा गत बर्ष ४१ हजार ९६८ मेट्रिक टन धान उत्पादन भएको छ । ३८ हजार ५ सय ३२ मेट्रिक टन बर्षे धान र ३ हजार ४ सय ३६ मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

images

‘कुल १० हजार ८६५ हेक्टर क्षेत्रफलमा उक्त धान उत्पादन भएको हो,’ कार्यालयका सूचना अधिकारी सुमन भट्टराइले भने, ‘१० हजार ८६५ हेक्टरमा बर्षे धान र बाँकीमा चैते धान उत्पादन भएको हो ।’ छेवेटार, भुसुण्डेफाँट, पालुङटार, ज्यादुलखोला, आरुघाट, घ्याल्चोक, सिरानचोक, घ्याम्पेशाल लगायतका ठाउँमा धान खेती हुने गरेको उनले जानकारी दिए ।

गोरखामा हर्दिनाथ १, हर्दिनाथ ३, कञ्चन, चैते ५ र स्थानीय जातका चैते धान लगाइन्छ । त्यस्तै सावित्री, रामधान, सुख्खा सिरिज १, २, ३, यूएस ३१२, च्याम्पिएन लगायतका जातका बर्षे धान लगाउने कार्यालयले जनाएको छ । त्यस्तै गत बर्ष गोरखामा ४५ हजार ३७२ मेट्रिक टन मकै उत्पादन भएको छ । कुल १८ हजार ५ हेक्टर क्षेत्रफलमा खेती भएको थियो ।

त्यस्तै, ५ हजार ९५० मेट्रिक टन गहु, २ सय ८४ मेट्रिक टन फापर र १ सय ४० मेट्रिक टन जौ उत्पादन भएको कार्यालयका सूचना अधिकारी भट्टराइले बताए । ‘गत बर्ष कोदो १३ हजार ६६४ र तरकारी (आलु वाहेक) २१ हजार १२३ मेट्रिक टन उत्पादन भएको थियो,’ उनले भने, ‘फलफूलको उत्पादन भने २० हजार २८५ मेट्रिक टन रहेको थियो ।’

उनका अनुसार गत बर्ष जिल्लाको सबैभन्दा बढी १८ हजार ८ हेक्टर क्षेत्रफलमा मकै खेति भएको थियो । ११ हजार दुई सय हेक्टरमा कोदो र ४ हजार २४९ हेक्टरमा दलहन वाली लगाइएको थियो । कार्यालयका अनुसार गोरखा जिल्ला धान र आलुमा आत्मनिर्भर छ । तरकारी, केराउ, फलफूल, तेलहन र दलहन बालीमा भने जिल्ला आत्मनिर्भर नभएको कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १६, २०८१ शुक्रवार - ०९:१५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology