Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

त्रिशुलीको बाढीले क्षती पुर्‍याएको शहिद लखनको दुई झोलुङ्गे पुल मर्मतपछि संचालनमा, थप एउटाको पुननिर्माण गर्नुपर्ने

त्रिशुलीको बाढीले क्षती पुर्‍याएको शहिद लखनको दुई झोलुङ्गे पुल मर्मतपछि संचालनमा, थप एउटाको पुननिर्माण गर्नुपर्ने

images

इच्छाकामना न्युज

२७, कार्तिक २०८१
त्रिशुलीको बाढीले क्षती पुर्‍याएको शहिद लखनको दुई झोलुङ्गे पुल मर्मतपछि संचालनमा, थप एउटाको पुननिर्माण गर्नुपर्ने
images

घैरुङ । बाढीले क्षति पु¥याएको सहिदलखन गाउँपालिकाको तीनवटा झोलुङ्गे पुलमध्ये दुई वटा मर्मत पश्चात संचालनमा आएका छन् । शहीद लखन गाउँपालिका–३ सिलिङटार र चितवनको इच्छाकामना ४ चेरेस जोड्ने, सहिदलखन–४ ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटार जोड्ने पुल मर्मत पश्चात संचालनमा आएको हो ।

‘सस्पेन्सन ब्रिज महाशाखा पुल्चोकको प्राविधिक सहयोगमा सिलिङटारको पुल केही दिनअघि नै मर्मत भएर संचालनमा आएको हो,’ गाउँपालिका अध्यक्ष रमेश थापा मगरले भने, ‘ठेउवाटारको पुलको हिजो मात्र मर्मत सम्पन्न भएको हो ।’ पालिका आफैले उक्त पुलको मर्मत गरेको उनले जानकारी दिए ।

सहिदलखन–४ ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी जोड्ने झोलुङ्गे पुल भने पूर्ण रुपमा क्षति भएकाले पुननिर्माण गर्नुपर्ने उनले बताए । ‘यो पुलको संरचना पुरै भत्किएकाले मर्मत गरेर हुदैँन, नयाँ बनाउनुपर्छ,’ उनले भने, ‘पुल पुननिर्माणको माग गर्दै संघिय मामिला तथा स्थानीय पूर्वाधार बिभाग श्रीमहल पुल्चोकमा पत्राचार समेत भइसकेको छ ।’

लिकाको स्रोतले नयाँ पुल बनाउन सम्भव नहुने भन्दै संघिय सरकारको भर पर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए । सहिदलखनको ठेउवाटार र इच्छाकामनाको लेवाटार जोड्ने झोलुङ्गे पुलको ठाउँमा मोटरेवल पुल बनाउन माग समेत गरिएको पालिकाले जनाएको छ ।

गत असोज ११ र १२ को बर्षाका कारण नदीमा आएको बाढीले ती पुलहरुमा क्षति पुगेका थियो । तर गण्डकी गाउँपालिकाको धवादी र बेनिघाट रोराङ गाउँपालिकाको चरौदी जोड्ने पुल भने अझै मर्मत भएको छैन । त्यहाँका स्थानीयबासीलाई त्रिशुली वारपार गराउन यी दुवै गाउपालिकाले डुंगा सञ्चालन गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक २७, २०८१ मंगलवार - ०९:३२:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology