Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गणेश हिमालको आधार शिविर नजिक कर्मचारीसहितको टोली फस्यो, केही बिरामी,सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास

गणेश हिमालको आधार शिविर नजिक कर्मचारीसहितको टोली फस्यो, केही बिरामी,सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास

इच्छाकामना न्युज

२९, कार्तिक २०८१
गणेश हिमालको आधार शिविर नजिक कर्मचारीसहितको टोली फस्यो, केही बिरामी,सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास

काठमाण्डौ, कात्तिक २९ । गणेश हिमालको आधार शिविर नजिक कर्मचारीसहितको टोली फसेको छ । टोलीमा रहेका केही बिरामी परेका छन् । टोलीमा रहेका ३/४ जना हिजो बेलुका सम्पर्क हुने ठाउँमा आइपुगेको र अरु १०/११ जना फसेका धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो ।

images

बिरामी र फसेकाहरूलाई उद्धार गर्न हिजो गएको नेपाली सेनाको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । उद्धारका लागि हेलिकप्टर आज बिहान फेरि जाने र मौसम अनुकुल भएमा उद्धार हुने उहाँले बताउनुभयो ।

टोलीमा रहेका डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र रेञ्जर अनुसुया ढुङ्गाना बिरामी पर्नुभएको छ । पर्या–पर्यटन प्रवर्द्धनको उद्देश्यले धादिङको रुविभ्याली गाउँपालिका,डिभिजन वन कार्यालय र पत्रकारको टोली केही दिनदेखि यात्रामा थियो ।

धादिङ गणेश हिमालको काखमा पर्छ । त्यस ठाउँमा बस्ती नभएको र सञ्चार सम्पर्क पनि हुन नसक्दा समस्या भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

images
प्रकाशित मिति :कार्तिक २९, २०८१ बिहिवार - ०८:२८:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology