काठमाण्डौं, २३ असोज
नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख धेरै पुगेको छ।। पछिल्लो २४ घण्टामा थप दुई हजार ५९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या एक लाख ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
देशभरको प्रयोगशालामा १३ हजार नौ सय ७९ जनाको नमुना परीक्षण गरिएको हो। त्यस्तै गएको २४ घण्टामा एक हजार ६ सय ८० जना निको भएर फर्किएका छन्। योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७३ हजार २३ पुगेको छ।
हाल देशभर २७ हजार ५३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने चार हजार सात सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ। योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय पुगेको मन्त्रालयले जनाएको छ।