Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन 

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन 

इच्छाकामना न्युज

२, मंसिर २०८१
प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन 

शिशिर सिंखडा, टोरण्टो । प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन । समितिको उपाध्यक्षमा मदन अधिकारी, सचिबमा सन्दीप पौडेल, उपसचिबमा कृष्ण पराजुली र बिमला कार्की चयन हुनु भएको छ । शनिबार भएको प्रवासी नेपाली मञ्च क्यानडाको चौथो अधिवेशनले सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको निर्वाचन मण्डलका सचिब रबिन्द्रराज घिमिरेले जानकारी दिनुभयो । 

images

२५ सदस्यीय कार्य समितिको सदस्यहरुमा लोक गुरुङ, केपी पन्त, सुदर्शन अधिकारी, सुजन खतिवडा, राजन पाईजा, दुर्गा केसी, अरबिन पौडेल, राजु भट्टराई, रिंकु भट्टराई, प्रकाश ढकाल, दिनेश विष्ट, महेश विष्ट, सुदर्शन सापकोटा, सुरेश भट्टराई, हिमाल अर्याल, तारा लामिछाने, उद्धिम न्यौपाने लगायत चयन हुनु भएको छ । 

उदघाटन कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका रिजन ईन्चार्ज प्रभुराम थापा, विशेष अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा महिला बिभाग सदस्य कुन्ती थापा, बिभाग उपप्रमुख जानकी कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

सो उद्धघाटन कार्यक्रममा एनआरएनए आईसीसीका सह कोषाध्यक्ष अभिमन्यु बस्नेत, प्रवासी नेपाली मञ्च क्यानडाका सल्लाहकार संयोजक तथा पुर्व अध्यक्ष रमेश थापा, एनआरएनए आईसीसी सदस्य हेमराज पाण्डे, जीपी फाउन्डेसनका अध्यक्ष केपी निरौला, एनबीडीएका अध्यक्ष सुरेश गौतम, समाजसेवी सीता संग्रौला, एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ, महासचिव चन्दा अधिकारी, एनसीएनसीका अध्यक्ष दिनेश खतिवडा, एनसीसीएसका चेयर पर्सन डा. थमनाथ अधिकारी, नेपाल हाउसका अध्यक्ष भुमीराज घिमिरे, पीएनसीसीका चेयर पर्सन केदार बस्नेत, एनसीएचसीका अध्यक्ष लिला भण्डारी, टीएनएससीका अध्यक्ष रबिन्द्र लम्साल, एनपीआरसीका अध्यक्ष नेत्र भट्टराई, व्यावसायी डा.पुर्ण कंडेल, चितवन सोसाइटीका हरी भुसाल, एनआरएनए क्यानडाका पुर्व अध्यक्ष तथा रेडियो संचालक अनिल थापा, नेपाली जनसम्पर्क समितिका सुरेश रजौरे, लाली गुराँस स्पोर्ट्स क्लबका अध्यक्ष क्रीजल केसी लगायतले आफ्ना भनाई राख्नुभएको थियो । 

अधिवेशनमा भौगोलिक विविधताका कारण भौतिक रुपमा उपस्थिति हुन नसकेका सदस्यहरुलाई जुम मार्फत उपस्थितिको व्यवस्था गरिएको थियो । जसमा ब्रिटिश कोलम्बियाबाट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति नेपाली लगानी प्रवर्द्धन विभाग सदस्य तथा एनआरएनए आईसिसि सदस्य भुवन खरेल, राजु भट्टराई, अल्वर्टाबाट सन्दिप पौडेल, अरबिन पोखरेल, रिंकु वाग्ले लगायतको उपस्थिति रहेको थियो । प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष बिश्वम्भर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बेदनिधि गौतमले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । 

images
प्रकाशित मिति :मंसिर २, २०८१ आइतवार - २१:२५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology