Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्वीच टाउन खेल्दै

प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्वीच टाउन खेल्दै

images

इच्छाकामना न्युज

९, मंसिर २०८१
प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्वीच टाउन खेल्दै
images

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज शीर्ष स्थानको लिभरपुल र पुछारको साउथह्याम्पटनबीच नेपाली समयअनुसार राति पौने आठ बजे खेल हुनेछ । अङ्कतालिकामा लिभरपुल ११ खेलमा २८ अङ्कका साथ शीर्ष र साउथह्याम्पटन समान खेलमा चार अङ्कका साथ पुछारमा छ ।

त्यस्तै आजको अर्को खेल राति सवा १० बजे म्यानचेस्टर युनाईटेड र इपस्वीच टाउनबीच हुनेछ । युनाइटेड ११ खेलमा १५ अङ्कसहित बाह्रौं स्थानमा र इपस्वीच टाउन समान ११ खेलमा आठ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।

गएराति भएको खेलमा साविक विजेता म्यानचेस्टर सीटी टोटनहमसँग चार गोलले पराजित भयो । चेल्सी, आर्सनल र ब्राइटन विजयी भएका छन् । सीटी १२ खेलमा २३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । समान १२ खेलमा २२ अङ्कसहित चेल्सी तेस्रो, आर्सनल चौथो र ब्राइटन पाँचौ स्थानमा रहेको छ । सीटीलाई हराएको टोटनहम १९ अङ्कसहित छैटौँ स्थानमा छ ।

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - १५:४७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology