Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश

दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश

images

इच्छाकामना न्युज

९, मंसिर २०८१
दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश
images

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रसाईँका छोरा निराजन प्रसाईँले सर्वोच्चमा हालेको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको एकल ईजलासले प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

प्रसाईँका छोरा निराजनले यही मंसिर ५ गते कानूनी रुपमा थुनामा राखेको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

 

प्रसार्इँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा २१ करोड डलर बराबरको लगानी रहेको दाबी गर्दै भिडियो डकुमेन्टहरु सार्वजनिक गरेपछि प्रहरीले साइबर अपराधको मुद्दामा उनलाई पक्राउ गरेको हो । प्रसाई विरुद्ध किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका विषयमा अभियोग लगाइएको छ ।

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - १६:५२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology