Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

निर्वाचन आचार संहिताको मस्यौदा तयार, फागुन दोस्रो सातादेखि लागू गर्ने आयोगको तयारी

निर्वाचन आचार संहिताको मस्यौदा तयार, फागुन दोस्रो सातादेखि लागू गर्ने आयोगको तयारी

इच्छाकामना न्युज

२, फाल्गुण २०७७
निर्वाचन आचार संहिताको मस्यौदा तयार, फागुन दोस्रो सातादेखि लागू गर्ने आयोगको तयारी
images

काठमाण्डौ, २ फागुन । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार गरेको छ । मस्यौदामाथि छलफल गर्न आयोगले सरकार र राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको छ। आचार संहितामा उम्मेदवार वा राजनीतिक दलको सदस्यको निजी जीवनलाई असर पर्ने गरी आलोचना गर्न नपाइले उल्लेख छ । 
मस्यौदामा सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोतसाधन र सम्पत्तिमा कसैको पक्ष र विपक्षमा हुने गरी प्रयोग गर्न र गराउन नपाइने, मतदातालाई नगद वा जिन्सी वितरण गर्न, भोजभतेर गर्न वा मादक पदार्थ सेवन वा वितरण गर्न वा गराउन नहुने र कुनै मठ, मन्दिर, गुम्बा मस्जिद, चर्च वा कुनै धार्मिकस्थल, सार्वजनिक उद्यान प्रयोग गरी निर्वाचन सम्बन्धी प्रचार प्रसार गर्न वा गराउन नहुने उल्लेख छ ।
त्यस्तै उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित कुनै पनि सामग्री उत्पादन र विक्रि वितरण गर्न नपाईने कुरा पनि आचार संहितामा समेटिएको छ । उम्मेदवारको मनोनयन दर्ता भएको मिति देखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने लगायतका विषय उल्लेख गरिएको छ । सबै दलहरुसँगको छलफलपछि आयोगले फागुन दोस्रो साताबाट आचारसंहिता लागु गर्ने तयारी गरेको छ ।

images
images

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - ०९:४६:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology