Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कांग्रेसको महाधिवेशन अनिश्चित बनेपछि पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला गर्दै 

कांग्रेसको महाधिवेशन अनिश्चित बनेपछि पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला गर्दै 

सिआईएन

२, फाल्गुण २०७७
कांग्रेसको महाधिवेशन अनिश्चित बनेपछि पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला गर्दै 

काठमाण्डौ, २ फागुन । नेपाली काँग्रेसको नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला बोलाउने भएको छ। फागुन ७ देखि काठमाडौंमा गर्ने भनिएको महाधिवेशन अनिश्चित बनेपछि पौडेल पक्षले छलफल गरेर आवश्यक रणनीति तय गर्न पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाउने भएको हो । 
पौडेलसहित उहाँ पक्षका नेताहरूले हिजो महामन्त्री शशाङ्क कोइराला निवासमा भेला गरी सभापति देउवालाई दवाव दिन जिल्ला सभापतिको भेला गर्ने निर्णय गरेका हुन् । पौडेलले महाधिवेशन लगायतमा छलफल गर्न केन्द्रीय कार्यसमिति बोलाउन देउवासँग माग गरे पनि केन्द्रीय समिति बैठक बस्ने टुङ्गो छैन। फागुन ५ गते जिल्ला सभापतिहरू र जिल्लाका नेताहरूसँग छलफल गर्ने तयारी पौडेल पक्षको छ। 
छलफलमा केन्द्रीय सदस्यहरू, पूर्वकेन्द्रीय सदस्यहरू र पूर्वमन्त्रीहरूलाई पनि बोलाइने बताइएको छ । सभापति देउवाको नियमित कार्यकाल गत वर्ष फागुनमै सकिएको थियो । विधान अनुसार उहाँले एक वर्ष कार्यकाल थप्नु भएको थियो । कोरोना महामारी र क्रियाशील सदस्यता वितरणका काम नसकिएको भन्दै काँग्रेसले महाधिवेशन कहिले गर्ने सुनिश्चित गर्न सकेको छैन।

images

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - ०९:५१:५१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology