Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

नेपाल प्रिमियर लिगः विश्वकप विजेता सोहेल तनविर चितवन राइनोजमा

नेपाल प्रिमियर लिगः विश्वकप विजेता सोहेल तनविर चितवन राइनोजमा

images

इच्छाकामना न्युज

१३, मंसिर २०८१
नेपाल प्रिमियर लिगः विश्वकप विजेता सोहेल तनविर चितवन राइनोजमा
images

चितवन, मंसिर २३ - नेपाल प्रिमियर लिग सुरु हुन २ दिनदिन अघि चितवन राइनोजले पाकिस्तानका सोहेल तनविरलाई अनुबन्ध गरेको छ।

पाकिस्तानका पूर्व विश्वकप विजेता समेत रहेका तनविरलाई अनुबन्ध गरेको चितवनले बिहीबार साँझ घोषणा गरेको हो। कुशल मल्ल मार्की खेलाडी रहेको चितवनले बाँया हाते पेस बलरलाई अन्तिम समयमा अनुबन्ध गरेको हो।

यसअघि दक्षिण अफ्रिकाका डे लाङलाई अनुबन्ध गरेको भए पनि उनी चोटका कारण खेल्न नसक्ने भएपछि सोहेललाई अनुबन्ध गरेको हो। सोहेलले राजस्थान रोयल्सबाट आईपीएल जितेका थिए भने पाकिस्तान सुपर लिग विजेता पनि हुन्।

पाकिस्तानबाट सन् २००९ को टी २० विश्वकप जित्दा उनी टोलिका महत्वपुर्ण सदस्य थिए। ‘मैले यसलाई एक चूनौतिका रुपमा लिएको छु। नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ।

मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्’, सोहेलले भने। उनको अनुबन्धले टिममा नयाँ ऊर्जा थपेको र डे लाङको अभावलाई खड्किन नदिने चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले बताए।

images
प्रकाशित मिति :मंसिर १३, २०८१ बिहिवार - २३:१३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology