Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

एसीसी यू-१९ एसिया कप - आज पहिलो खेलमा श्रीलंकाविरुद्ध नेपाल भिड्दै

एसीसी यू-१९ एसिया कप - आज पहिलो खेलमा श्रीलंकाविरुद्ध नेपाल भिड्दै

images

इच्छाकामना न्युज

१४, मंसिर २०८१
एसीसी यू-१९ एसिया कप - आज पहिलो खेलमा श्रीलंकाविरुद्ध नेपाल भिड्दै
images

काठमाडौं । एसीसी यू-१९ एसिया कपअन्तर्गत आज आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग भिड्दै छ। यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार अहिले बिहान १०:४५ बजे सुरु हुने छ। 

नेपाली टोली हेमन्त धामीको कप्तानीमा मैदान उत्रनेछ। टोलीलाई शक्ति गौचनले प्रशिक्षण दिएका थिए। नेपाल गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर एसिया कपका लागि छनोट भएको हो।

नेपाल रहेको समूह बीमा श्रीलंकासहित बंगलादेश र अफगानिस्तान छन्। समूह एमा भारत, पाकिस्तान, जापान र आयोजक यूएई छन्।

आजै हुने उद्घाटन खेलमा समूह एका अफगानिस्तान र बंगलादेश भिड्दै छन्। यो खेल पनि नेपाली समयानुसार बिहान पौने ११ बजे नै सुरु हुनेछ।नेपालले समूह चरणको दोस्रो खेल आइतबार बंगलादेशविरुद्ध खेल्नेछ।

मंगलबार हुने समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानविरुद्ध मैदान उत्रनेछ। समूह चरणका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल डिसेम्बर ८ मा हुनेछ।

images
प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - ०९:४०:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology