Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भोलि देखि छैठौं कालिका कप -२०८१ सुरु हुने

भोलि देखि छैठौं कालिका कप -२०८१ सुरु हुने

इच्छाकामना न्युज

१४, मंसिर २०८१
भोलि देखि छैठौं कालिका कप -२०८१ सुरु हुने
मुग्लिन, १४ मंसिर– भोलि मंसिर १५ गते शनिबारदेखि छैठौं कालिका खुल्ला वडा तथा क्लब स्तरीय पूरुष भलिबल प्रतियोगिता-२०८१ सुरु हुदैछ ।
 
कालिका युवा क्लब शहिद लखन गाउँपालिका–३, निभारे गोरखाको आयोजनामा त्रिवेणी मन्दिर, त्रिवेणी मुग्लिन पारी छैठौं कालिका कप हुन लागेको हो ।
 
आगामी मंसिर १८ गते सम्म चल्ने प्रतियोगितामा १५ भन्दा बढी टिमको सहभागिता रहने र प्रतियोगिताको लागि आवश्यक तयारी लगभग पूरा भएको कालिका युवा क्लबका अध्यक्ष तेजिन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।
 
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद रु. ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुने टिमले नगद रु. २० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्र्नेछ ।

images
प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - १६:३०:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology