Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ

नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ

images

इच्छाकामना न्युज

२०, मंसिर २०८१
नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ
images

काठमाण्डौ – नेपाल प्रिमियर लिग(एनपीएल) मा बेटिङ अर्थात् सट्टेबाजी गराएको आरोपमा थप तीन जना पक्राउ परेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरबाट सट्टेबाजी गराउने थप तीन जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरुले दुईवटा एपको प्रयोग गरेर सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

स्पोर्टस् बाजी र प्रोबो एपमार्फत उनीहरूले सट्टेबाजी गराउने गरेको प्रहरीले जनाएको छ । यसअघि पनि गएको मङ्गलवार प्रहरीले चार जना भारतीय नागरिकलाई पक्राउ गरको थियो ।

एनपीएलमा सट्टेबाजी र खेल मिलेमतो हुने खतरालाई मध्यनजर राखेर सीआईबीले विशेष टोली खटाएको छ । एनपीएलमा गलत क्रियाकलाप हुन नदिन सुक्ष्म निगरानी भइरहेको सीआईबीले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - १५:३५:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology