Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भरतपुर अस्पतालमा विपन्नका लागि ‘कपडा बैंक’

भरतपुर अस्पतालमा विपन्नका लागि ‘कपडा बैंक’

इच्छाकामना न्युज

२१, मंसिर २०८१
भरतपुर अस्पतालमा विपन्नका लागि ‘कपडा बैंक’

चितवन । भरतपुर अस्पतालले विपन्न बिरामी र कुरुवालाई लक्षित गरी ‘कपडा बैंक’ स्थापना गरेको छ । दिनसक्नेले कपडा दान गर्ने र विपन्नले लैजान सक्ने गरी बैंक स्थापना गरिएको हो ।
 
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार कपडा पर्याप्त नभएका विपन्न वर्गका बिरामी र कुरुवालाई राहत होस् भनेर बैंक स्थापना गरिएको हो । उहाँले घरमा रहेका दान गर्न मिल्ने कपडा बैंकमा राख्न सकिने बताउनुभयो । उनले भने, “कतिपय कपडा नलगाइ पुराना भएका हुन्छन् । कतिपय सानो वा ठूला भएका हुन्छन् । त्यस्ता कपडा यहाँ दान गर्न सकिन्छ ।”
 
अस्पतालका सर्जन डा दीपेन्द्र न्यौपानेको नेतृत्वमा रामहरि ढकाल र प्रभा गुरुङ सदस्य रहेको समिति बनाइएको छ । डा न्यौपानेले नयाँ कपडा किनेर पनि दान गर्न सकिने बताए। उनले भने, “ग्रामीण भेगका विपन्न बिरामी र कुरुवा लुगलुग काँप्दै आउनुहुन्छ, सबैलाई हामीले दिएर मात्रै पुग्दैन, सबैले दान गर्न मिलोस् भनेर बैंक सञ्चालन गरेका हौं ।”
 
भरतपुर सङ्घीय सरकारी अस्पताल हो । यहाँ चितवनसहित छिमेकी २२ भन्दा बढी जिल्लाबाट बिरामी आउने गर्दछन् । गाउँगाउँबाट उपचारका लागि आउने विपन्न बिरामीको सङ्ख्या यहाँ उल्लेख्य हुने गर्दछ । 

images

images
प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - ०७:५९:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology