स्याङ्जा, २३ असोज
स्याङ्जामा सवारी दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका १ को दार्सिङमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो।
वालिङबाट भीरकोटतर्फ गइरहेको ग १ क ४३७० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ग १३ प २८१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किए दुर्घटना हुदा घाइते भएका भीरकोट ३ घर भइ कपिलवस्तु बस्ने ३१ वर्षीय गुप्तबहादुर खत्री र भीरकोट ३ घर भइ वालिङ बस्ने ५८ वर्षीय ढालबहादुर रानाको ज्यान गएको हो। उनीहरुको उपचारको क्रममा कालिका सामुदायिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो। दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।