Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

शहिद लखनको घैरुङमा ‘दोस्रो धन्यपूर्णीमा कप–२०८१’ हुँदै

शहिद लखनको घैरुङमा ‘दोस्रो धन्यपूर्णीमा कप–२०८१’ हुँदै

images

इच्छाकामना न्युज

२५, मंसिर २०८१
शहिद लखनको घैरुङमा ‘दोस्रो धन्यपूर्णीमा कप–२०८१’ हुँदै
images

घैरुङ । सहिदलखन गाउँपालिका–६ घैरुङमा दोस्रो धन्यपूर्णीमा कप २०८१ (फायभ ए साइड फुटवल प्रतियोगिता) हुने भएको छ । अन्नपूर्ण क्लबको आयोजनामा यही मंसिर २७ देखि ३० गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो ।

घैरुङस्थित बाँसकोट खेल मैदानमा हुन गइरहेको प्रतियोगिताका विजेता र उपविजेता टोलीले क्रमश रु ४४ हजार ४४४ र रु २२ हजार २२२ नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष विश्व श्रेष्ठले बताए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदयमान खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था रहेको उनले जानकारी दिए । प्रतियोगितामा टिम दर्ता गर्नका लागि ४५ सय रुपैँया लाग्ने आयोजक अन्नपूर्ण क्लवको भनाइ छ । यस्तै, धरौटी रकम बापत एक हजार समेत जम्मा गर्नुपर्ने आयोजकले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २५, २०८१ मंगलवार - ०८:२५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology