Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

शहिद लखनको ताक्लुङमा अर्लाङ्दी माई मेलाको भव्य आयोजना

शहिद लखनको ताक्लुङमा अर्लाङ्दी माई मेलाको भव्य आयोजना

इच्छाकामना न्युज

२६, मंसिर २०८१
शहिद लखनको ताक्लुङमा अर्लाङ्दी माई मेलाको भव्य आयोजना
images

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–४, ताक्लुङमा धान्य पूर्णिमाको अवसरमा अर्लाङ्दी माई मेला २०८१ लाग्ने भएको छ । वडा कार्यालय आयोजना र अर्लाङ्दी माई मन्दिर जिर्णोद्धार समितिको सहआयोनमा मन्दिर परिसरमा  यहीँ मङ्सिर २९ र ३० गते मेलाको आयोजना गरिएको वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिनुभयो ।

images
images

मेलामा जातीय विशेष खाना प्रर्दशनी, जातीय विशेष नृत्य प्रर्दशनी एवं लाखे नाँच, कौडा नाँच, मारुनी नाँच र भजनको प्रस्तुतीसमेत रहने उहाँले बताउनुभयो । ‘स्थानीय खाना अन्र्तगत सम्यवजी, सेल रोटी, बटुक रोटी, चाम्रे, पुवा, कसार, लोकल रक्सी, कटहरको वाइनलगायतका परिकारको स्वाद चाख्न पाइने उहाँले  बताउनुभयो । 

सोही अवसरमा भलिवल, भाले झिक्ने खेल, छेलो हान्ने खेल, सुगुँर समाउने प्रतियोगिता र डोरी तान्ने खेलको आयोजनासमेत गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । मेलामा चर्चित कलाकारहरु सिताराम परियार, सरु थापामगर, बेलीमाया गोर्खाली, बिजय परियार, मिरा राना, बसन्त श्रेष्ठ, गोपाल थापा, राजेश थापा, मिलन थापालगायतका सांङ्गीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - ०८:०३:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology