Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

भरतपुरमा पौष १२ गतेदेखि राइनो कप महिला भलिवल हुँदै

भरतपुरमा पौष १२ गतेदेखि राइनो कप महिला भलिवल हुँदै

images

इच्छाकामना न्युज

२६, मंसिर २०८१
भरतपुरमा पौष १२ गतेदेखि राइनो कप महिला भलिवल हुँदै
images

चितवन, – राइनो कप खुला महिला भलिवल प्रतियोगिता पौष १२ गतेदेखि हुने भएको छ । हिमालय भलिवल क्लब भरतपुर–१३ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

पौष १२ देखि १४ गतेसम्म तीन दिन चल्ने प्रतियोगिताका खेलहरु हिमालय दण्डपाणी मावि भरतपुर १३ को मैदानमा हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी हुने कार्यक्रम संयोजक रामहरि ढकालले जानकारी दिए । केही टिममा राष्ट्रिय खेलाडीहरु समेत रहनेछन् ।

सहभागी हुने सबै टोलीको टुङ्गो केही दिनमा लाग्ने ढकालले बताए । प्रतियोगिताको विजेताले ट्रफीसहित ५५ हजार ५५५ तथा उपविजेताले ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलसम्म स्थान बनाउने थप दुई टोलीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विधागततर्फ उत्कृष्ट सेटर, स्पाईकर, सर्भर, लिबरो, र प्रशिक्षकले २२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको तयारी तिव्र गतिमा भईरहेको कार्यक्रम संयोजक ढकालले बताए ।

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - ११:४५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology