Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

समाचार दिए वापत सामाजिक सञ्जालबाट पैसा लिने पहिलो राष्ट्र बन्दै अष्ट्रेलिया

समाचार दिए वापत सामाजिक सञ्जालबाट पैसा लिने पहिलो राष्ट्र बन्दै अष्ट्रेलिया

एजेन्सी

३, फाल्गुण २०७७
समाचार दिए वापत सामाजिक सञ्जालबाट पैसा लिने पहिलो राष्ट्र बन्दै अष्ट्रेलिया
images

सामाजिक सञ्जाल फेसबुक र गुगलसँग अष्ट्रेलियाले समाचारको साटाे पैसा असुल्ने बारेमा महत्वपूर्ण सम्झौताको नजिक पुगेको जनाएको छ । यो सम्झौता पश्चात अष्ट्रेलिया गुगल र फेसबुकबाट समाचार वापत पैसा असुल्ने संसारकै पहिलो देश हुनेछ । संसदको मंगलवार बसेको बैठकले यसबारेमा तयार गरेको मस्यौदा विधेयकमाथि छलफल गरिरहेको छ ।

images
images

पछिल्लो हप्ता सिनेटको एक समितिले सिफारिस गरेको यो प्रस्ताववित नियमनमा कुनै परिवर्तन गरेन । यो विधेयक तयार गर्न भूमिका खेल्ने मन्त्रीहरु मध्ये एक जोश फ्राइडनबर्गले साताको अन्त्यमा फेसबुकका मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्ग, अल्फाबेट इन्कका मुख्य कार्यकारी अधिकारी र गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाईसँग यसबारेमा छलफल भएको बताइएको छ ।

त्यसैगरि अष्ट्रेलियाका मिडिया घरानाका कार्यकारी अधिकारीहरुसँग पनि छलफल भएको थियो । उनले संसारको कुनै पनि देशले यस प्रकारको कदम नउठाएको उनको दाबी छ । यो एक कठीन प्रक्रिया भएको बताउँदै उनले अहिले पनि छलफल जारी रहेको र सबै कुराकानी फलदायी भएको बताए । गुगल र फेसबुकले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - २१:३५:२१ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology