Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षण चितवनमा सुरु

महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षण चितवनमा सुरु

images

इच्छाकामना न्युज

१०, पौष २०८१
महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षण चितवनमा सुरु
images

चितवन । महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण चितवनमा सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा बुधबारदेखि बन्द प्रशिक्षण सुरु भएको हो ।

आगामी जनवरीमा महिला यु–१९ विश्वकप मलेसियामा हुँदैछ । त्यसको तयारी स्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यु–१९का प्रमुख प्रशिक्षक महेश प्रसाद रिजालले जानकारी दिनुभयो । बन्द प्रशिक्षणमा ब्याटिङ, बलिङ, फिटनेशलाई ध्यान दिने उहाँले बताउनुभयो । चितवनमा बन्द प्रशिक्षण गर्न पाउँदा आफुहरु उत्साहित भएको समेत बताउनुभयो ।

नेपाल क्रिकेट टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तराष्ट्रिय स्तरको रहेको बताउनुभयो । अहिले प्रशिक्षण भइरहेको मैदान प्रशिक्षणका लागि उपयुक्त नै रहेको उहाँको भनाई छ । प्रशिक्षणका लागि क्रिकेटसंघले आगामी दिनमा नेट जालि सहितको अभ्यास स्थल बनाउनुपर्ने बताउनुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली क्रिकेट टोली चितवन आएर अभ्यास गर्नु महानगरपालिकाका लागि गौरवको विषय भएको बताउनुभएको छ । खेलाडीलाई स्वागत गर्दै मेयर दाहालले यहाँ भएको अभ्यास खेलबाट खेलाडिलाई थप उर्जा मिल्ने अपेक्षा समेत दिनुभएको छ । उहाँले विश्वकपमा विजयीको शुभकामना दिँदै महानगरपालिकाले बन्द प्रशिक्षणका लागि आवश्यक सहयोग गर्न तयार रहेको समेत बताउनुभयो ।

नेपाल क्रिकेट संघका उपध्यक्ष रोशन सिंहले भरतपुर महानगरपालिकाको पहल र क्यानका अध्यक्षको समन्वयमा चितवनमा बन्द प्रशिक्षण गर्न लागिएको बताउनुभयो । उहाँले सन् २०२७मा नेपालमा हुने महिला यु–१९ विश्वकप निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गर्न क्यान सकारात्मक रहेको समेत बताउनुभयो ।

बन्द प्रशिक्षणमा सहभागी हुने १८ जना खेलाडी सहितको टोली रहेको छ । चितवन क्रिकेट सघका अध्यक्ष सुदीप पियाले प्रशिक्षणका लागि महिला यु–१९ क्रिकेटको टोली चितवन आउनु यहाँको क्रिकेटको विकासका लागि धेरै सहयोग पुग्ने विश्वास लिनुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला दुई बर्षभित्र बनाई छाड्ने बताउनुभयो ।

यहाँको बन्द प्रशिक्षण सकिए लगतै नेपाली टोली प्रतियोगिताका लागि जनवरी ११मा मलेसिया प्रस्थान गर्नेछ । नेपाली टोलीले जनवरी १८, २० र २२ तारिकमा क्रमशः बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासंग प्रतिसप्रर्धा गर्दैछ ।

images
प्रकाशित मिति :पौष १०, २०८१ बुधवार - २०:३०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology