Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

यही पौष २५ गतेदेखी दमौलीमा सुरु हुने नवौं तनहुँ महोत्सवको तयारी तिब्र

यही पौष २५ गतेदेखी दमौलीमा सुरु हुने नवौं तनहुँ महोत्सवको तयारी तिब्र

इच्छाकामना न्युज

११, पौष २०८१
यही पौष २५ गतेदेखी दमौलीमा सुरु हुने नवौं तनहुँ महोत्सवको तयारी तिब्र

दमौली, पुस ११ । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पौष २५ गतेदेखी माघ ७ गतेसम्म दमौलीमा हुने नवौं तनहुँ महोत्सवको तयारी भईरहेको छ ।

images

तनहुँ उद्योग वाणिज्य संघद्वारा विहिबार संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका संयोजक बैकुण्ठनाथ मिश्रले महोत्सवको तयारी भइरहेको बताए । उनका अनुसार हालसम्म करिब २५ प्रतिशत तयारी पुरा भएको छ ।

व्यास नपा–३ स्थित विपी वनबाटिकामा हुने महोत्सव २ लाख दर्शकले अवलोकन गर्ने तथा पाँच करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष मिश्रले बताए । महोत्सवमा २ सय वटा स्टल रहनेछ ।

तनहुँका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने, जिल्लाका कला र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने, तनहुँ जिल्लामा लगानीकर्ताहरुलाई आकर्षित गर्ने, व्यापार व्यवसाय सन्चालनमा सहयोग गर्ने, उत्पादक र उपभोक्ताविच सम्बन्ध विस्तार गर्ने, कृषि, पर्यटन, हस्तकला, उद्योग सम्बन्धि सिप र व्यवसायको प्रबद्र्धन गर्ने तथा स्थानीय श्रमको संरक्षण गरि स्वरोजगारमुखी बनाउने लगायतका उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सवका मुल संयोजक मिश्रले बताए ।

महोत्सवमा कृषि तथा औद्योगिक प्रर्दशनी, हस्तकला प्रर्दशनी, अटोमोवाईल प्रर्दशनी, खानाका विभिन्न परिकारहरुको प्रर्दशनी, मनोरन्जनकालागि रमाईलो मेला, शैक्षिक एवं विज्ञान प्रर्दशनी, जलविहार, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, जिल्लाको बृत्तचित्र प्रर्दशनी, जिल्लाका धार्मिक एवं ऐतिहाँसिक स्थलको भ्रमण, सांस्कृतिक नमुनाग्रामको भ्रमण लगायतका मुख्य आकर्षण रहेको मिश्रले बताए ।

महोत्सवमा यस पटक डिजिटल प्रविधि मार्फत विशेषगरि टिकटकको उपयोग गरि प्रचार प्रसार गर्ने तयारी गरिएको संघका महासचिव सुवोध अधिकारीले बताए । उक्त महोत्सवको सह आयोजकमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई, संरक्षकमा जिल्ला समन्वय समिति तथा प्रबद्र्धकमा नेपाल उद्योग वाणिज्य महासंघ र व्यास नगरपालिका रहेका छन् ।

महोत्सवको मुख्य सहयोगीहरुमा संघका विभिन्न बजार इकाईहरु, तनहुँका सबै स्थानीय तहहरु, नेपाल आदिवासी जनजाती महासंघ, नेपाल पत्रकार महासंघ लगायतका विभिन्न संघ संस्थाहरु रहेका छन् ।

images
प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - २१:२३:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology