Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

एमाले इच्छाकामनाको अध्यक्षमा प्रकाश अधिकारी सर्वसम्मत

एमाले इच्छाकामनाको अध्यक्षमा प्रकाश अधिकारी सर्वसम्मत

images

इच्छाकामना न्युज

१२, पौष २०८१
एमाले इच्छाकामनाको अध्यक्षमा प्रकाश अधिकारी सर्वसम्मत
images

मुग्लिन । नेकपा एमाले इच्छाकामना गाउँकमिटिको अध्यक्षमा प्रकाश अधिकारी सर्वसम्मत चयन भएको छ । पार्टीको शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा ७५ सदस्यीय नेकपा एमाले इच्छाकामना गाउँकमिटि सर्वसम्मत चयन गरेको हो ।

bba71a5b-d7ce-4ec3-9432-43f9057b494c.jpeg

अधिवेशनले उपाध्यक्षमा लक्ष्मण चेपाङ, सचिवमा बोधराज गोले, उपसचिवमा शान्ता पाण्डे त्रिपाठी र कृष्ण गुरुङलाई चयन गरेको छ । 

एमाले इच्छाकामना गाउँकमिटि अध्यक्ष नर बहादुर नेपालको सभापतित्वमा सम्पन्न अधिवेशनको समुद्घाटन कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो भने केन्द्रीय सदस्य एवं चितवन क्षेत्र नं. २ इन्चार्ज कृष्णभक्त पोखरेल, बागमती प्रदेश कमिटि सदस्य एवं बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, एमाले चितवन जिल्ला अध्यक्ष कमल पाठक, चितवन जिसस प्रमुख नारायणी अधिकारी इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुूरुङ, उपाध्यक्ष माया सिलवाल, कालिका नगरप्रमख विनोद रेग्मी, उपप्रमुख बिमला तामाङ सहभागी थिए । 

d5fa9e4f-3077-41d6-b5d3-482c770be5a3.jpeg

अधिवेशनको समुद्घाटन भन्दा पहिले मुग्लिन बजारमा ¥यालीको परिक्रमा गरिएको थियो ।

9d6a181f-488d-41da-9b6c-9dc781c29e71.jpeg

images
प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - २२:३०:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology