Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

स्वास्थ्यमन्त्री पौडेलद्वारा पूर्वमन्त्री कैनीको आत्मवृतान्त लोकार्पण

स्वास्थ्यमन्त्री पौडेलद्वारा पूर्वमन्त्री कैनीको आत्मवृतान्त लोकार्पण

इच्छाकामना न्युज

१३, पौष २०८१
स्वास्थ्यमन्त्री पौडेलद्वारा पूर्वमन्त्री कैनीको आत्मवृतान्त लोकार्पण

दमौली । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कांग्रेस नेता एवं पूर्व राज्यमन्त्री अमरराज कैनीद्वारा लिखित आत्मवृतान्त लोकार्पण गरेका छन् ।

images


तनहुँ काँग्रेसका स्थापना कालका नेता मध्ये एक कैनीद्वारा लिखित पुस्तक ‘आफ्नै विगत नियाल्दा’को लोकार्पण गर्दै केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले पञ्चायतकालमा कांग्रेस कार्यकर्ताहरुलाई संरक्षण गरेको देखि निर्मल माविको प्रधानाध्यापकका रुपमा उनको योगदान अतुलनीय रहेको टिप्पणी गरे ।

‘पञ्चायतका बेला कसैको गोजीमा पैसा हुन्थेन,’ उनले विगत सम्झँदै भने, ‘कालो टोपी लगाएको एउटा मान्छेले सरासर आएर एक सय बढीलाई चिया खल्तीको पैसाले खुवाउँथ्यो, त्यो व्यक्ति अमरराज कैनी हुनुहुन्थ्यो ।’


उनले भने, ‘कांग्रेस पार्टीको सुदृढीकरणमा उहाँको भूमिका अझै महत्वपूर्ण छ र यसलाई हामी कहिल्यै बिर्सन सक्दैनौं ।’
पञ्चायतकालमा पार्टी संगठनमा अर्कै लगाव र समर्पण रहेको स्मरण गर्दै मन्त्री पौडेलले भने, ‘तर बहुदलपछि राजनीति बदलियो । स्वार्थको द्वन्द्व बढ्यो ।’


पराशर कलेज प्रमुख अमृत भण्डारी तथा शिक्षक कल्पना पौडेल र कल्पना घिमिरेले पुस्तकको समीक्षा गरेका थिए ।
पुस्तकमा कैनीका अनुभव र प्रजातन्त्रका बारेमा विचारहरू संग्रह गरिएको छ ।


कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यजितप्रकाश आलेले भने, ‘कांग्रेस पार्टीको उन्नतिको लागि कैनीको योगदान अविस्मरणीय छ ।’


संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले अमरराज कैनीलाई प्रजातान्त्रिक आन्दोलनका एक प्रेरणा श्रोतका रूपमा चिनाउन महत्वपूर्ण भएको बताए । उनले भने, ‘पुस्तकले राजनीतिक इतिहासलाई समेट्दै आएको छ । यसले आगामी पुस्तालाई प्रजातन्त्र र त्यसको महत्व बुझ्न सहयोग पु¥याउनेछ ।’


व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कँडेल, नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल लगायत स्थानीय बुद्धिजीवी, लेखक र नागरिक समाजका प्रतिनिधिहरूले पुस्तकबारे चर्चा गरे ।

images
प्रकाशित मिति :पौष १३, २०८१ शनिवार - २०:४७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology