Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

भागरथीलाई न्याय दे भन्दै नारा लगाउँने नै बलात्कार र हत्यारा पुष्टि

भागरथीलाई न्याय दे भन्दै नारा लगाउँने नै बलात्कार र हत्यारा पुष्टि

इच्छाकामना न्युज

५, फाल्गुण २०७७
भागरथीलाई न्याय दे भन्दै नारा लगाउँने नै बलात्कार र हत्यारा पुष्टि
images

काठमाडौ फाल्गुन,५। बैतडीको दोगडाकेदार गाउँपालिका की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि बैतडीमा प्रदर्शन भएका थिए ।प्रदर्शनमा भागरथीलाई न्याय दे भन्दै नारा लगाउने उनका छिमेकी नै बलात्कार र हत्यामा संलग्न भएको पुष्टि भएको छ ।‘भागरथीको न्यायका निम्ति हुने हरेक प्रदर्शनमा उनी सहभागी थिए’, एक प्रहरी अधिकारीले भने, ‘उनीमाथि हाम्रो निगरानी थियो । उनी प्रहरी देख्नासाथ डराएका जस्ता देखिन्थे ।’मंगलबार उनकै घरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनले बलात्कारपछि हत्या गरेको स्विकारेका छन् ।

images
images

पक्राउ पर्ने दिनेश भट्ट भागरथी पढ्ने विद्यालयमै कक्षा ११ मा अध्ययनरत रहेको प्रहरीले जानकारी दिएको छ ।पक्राउ परेका व्यक्तिलाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।भागरथीको गएको २१ गते हत्या भएको थियो । हत्या भएको भोलिपल्ट शव भेटिएको थियो । उनको बलात्कार पछि हत्या भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको थियो ।भागरथीका परिवारले दोषीलाई कारबाही नभएसम्म शब नबुझ्ने अडान राखे पछि शव जिल्ला अस्पताल बैतडीमै राखिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - १५:५८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology