Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

३२ औं संस्करणको त्रिवेणी कपमा एपीएफ च्याम्पियन बन्यो

३२ औं संस्करणको त्रिवेणी कपमा एपीएफ च्याम्पियन बन्यो

images

इच्छाकामना न्युज

२०, पौष २०८१
३२ औं संस्करणको त्रिवेणी कपमा एपीएफ च्याम्पियन बन्यो
images

लमजुङ । विभागीय टिम एपीएफ फुटबल क्लब लमजुङमा सञ्चालित त्रिवेणी कप फुटबल प्रतियोगिताको ३२ औं संस्करणमा च्याम्पियन बनेको छ ।

बेंसीसहरको त्रिवेणी रंगशाला सहजी खेल मैदानमा शनिबार एपीएफले बुद्ध युवा क्लब (बीवाईसी) भोटेओडार लमजुङलाई टाइब्रेकरमा ४–३ गोलले पाखा लगाउँदै उपाधि हात पारेको हो । बीवाईसी यसअघि तीनपटकसम्म च्याम्पियन बनेकाे थियो ।

खेलको पहिलो हाफको सुरुवाती १२ मिनेटमा बीवाईसीका लागि समीर तामाङले गोल गर्दै खाता खोलेका थिए । पहिलो हाफको ३० मिनेटमा एपीएफका युवराज खड्काले गोल फर्काएर खेललाई बराबरीमा ल्याए ।

दोस्रो हाफको ६ मिनेटमा एपीएफका कप्तान हरि कार्कीले गोल गरे । ८ मिनेटको इन्जुरी समयको पाँचाैं मिनेटमा भोटेओडारका समीरराज ठकुरीले गोल गरेपछि खेल बराबरीमा रोकिएको हो । थप १५ मिनेटमा दुवै टीमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेल अवधिभर एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ म्यान अफ दी म्याच बन्दै नगद १० हजार रुपैयाँ पाए ।

विजयी एपीएफले १२ लाख रुपैयाँ, त्रिवेणी कप, मेडल र प्रमाणपत्र पाए । उपविजेता भोटेओडारले ६ लाख रुपैयाँमा चित्त बुझायो । प्रतियोगिता अवधिभर ६ गोल गरी एपीएफका प्रदीप लामाले सर्वाधिक गोलकर्ताको उपाधिसँगै नगद २५ हजार रुपैयाँ र ट्रफी पाए । उत्कृष्ट खेलाडी घोषित हुँदै भोटेओडारका विदेशी खेलाडी इम्यानुअलले २५ हजार रुपैयाँ र ट्रफी पाए ।

विजयीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष राजकुमार घिमिरेलगायतले पुरस्कार वितरण गरे । त्रिवेणी युवा क्लब बेंसीसहरले पुस १२ गतेदेखि आयोजना गरेको ३२ औं त्रिवेणी कपमा १६ टिमले सहभागिता जनाएका थिए ।

images
प्रकाशित मिति :पौष २०, २०८१ शनिवार - २०:५७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology