Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

म्यानचेस्टर युनाइटेड लिभरपुलसँग २–२ गोलेको बराबरी

म्यानचेस्टर युनाइटेड लिभरपुलसँग २–२ गोलेको बराबरी

images

इच्छाकामना न्युज

२२, पौष २०८१
म्यानचेस्टर युनाइटेड लिभरपुलसँग  २–२ गोलेको बराबरी
images

२२ पौष ,काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले अंक बाँडेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले यस सिजन खराब अवस्थामा रहेको म्यानचेस्टर युनाइटेडसँग २–२ गोलेको बराबरी खेलको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सबै ४ गोल दोस्रो हाफमा निस्किएका हुन् । 

दोस्रो हाफको सुरुआतमा म्यानचेस्टर युनाइटेडका लिसान्ड्रो मार्टिनेजले ५२औं मिनेटमा उत्कृष्ट गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । तर, लिभरपुलले सात मिनेटमै बराबरी गोल फर्कायो ।  लिभरपुलका कोडी गाक्पोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

७० औं मिनेटमा म्याथियस डे लिग्टको ह्यान्ड भएपछि लिभरपुलले पेनाल्टी पायो । उक्त पेनाल्टीलाई मोहम्मद सालाहले गोलमा परिणत गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । तर, म्यानचेस्टर युनाइटेडका लागि ८५औं मिनेटमा अमद डायलोले एलेहाण्ड्रो गार्नाचोको पासलाई गोलमा परिणत गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।  

इन्जुरी समयमा म्यानचेस्टर युनाइटेडका ह्यारी म्याग्वायरले मौका गुमाउँदा जीत दर्ता गर्ने अवसर पनि खेर गएको थियो । यदि त्यो गोल भएको भए, युनाइटेडले २०१६ पछि पहिलोपटक एनफिल्डमा जित दर्ता गर्ने थियो ।

बराबरीपछि लिभरपुलले दोस्रो स्थानमा रहेको आर्सनलसँगको अग्रता आठ अंक पु¥याउने मौका गुमाएको छ । तर, लिभरपुलको एक खेल बाँकी रहेको छ । युनाइटेड भने तालिकाको १३औं स्थानमा उक्लिएको छ ।  

अब, म्यानचेस्टर युनाइटेडले आइतबार एफए कपको तेस्रो राउन्डमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुल भने बुधबार इएफएल कपको सेमिफाइनलको पहिलो लेगमा टोटनहममसँग खेल्ने छ ।  

images
प्रकाशित मिति :पौष २२, २०८१ सोमवार - ०७:५७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology