Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कतारमा रहेका तमु (गुरुङ) हरुले राष्ट्रिय पर्व तमु ल्होसार यो वर्ष पनि भव्य मनाए

कतारमा रहेका तमु (गुरुङ) हरुले राष्ट्रिय पर्व तमु ल्होसार यो वर्ष पनि भव्य मनाए

इच्छाकामना न्युज

२३, पौष २०८१
कतारमा रहेका तमु (गुरुङ) हरुले राष्ट्रिय पर्व तमु ल्होसार यो वर्ष पनि भव्य मनाए

दोहा कतार । विगतका वर्षहरुमा जस्तै यो बर्ष पनि कतारमा रहेका तमु (गुरुङ) हरुले आफ्नो राष्ट्रिय पर्व तमु ल्होसार गत शुक्रबार अबु हामुर स्थित आईडियल इन्डियन स्कुलको सभाहलमा एउटा भव्य कार्यक्रमको आयोजना गरि मनाएको छ ।

images

“तमुहरुको एकता,आजको आवश्यकता” भन्ने मुल नाराका साथ सन्- २००४ मा स्थापित तमु (गुरुङ) हरुको साझा संस्था तमु (गुरुङ) समाज कतारले समाजकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व र गैर आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उप-महासचिव प्रबिण गुरुङको प्रमुख आतिथ्यतामा विधिवत रुपमा दिप प्रज्वलन गरि नेपाली राष्ट्रिय गान सङ्गै तमु राष्ट्रिय गान (तमु हयुल क्वोई) गाएर सुरु भएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै समाजकी महिला बिभाग संयोजक शिला गुरुङले स्वागत मन्तव्य राखेकी थिईन ।

कार्यक्रमका सभापती र प्रमुख अतिथीको आशन ग्रहण पश्चात् समाजका संरक्षकहरु द्वारा सभापतिलाई दोसल्ला, प्रमुख अतिथी र तमु खेगी पच्यु चिवा धिरज गुरुङ र राज कुमार गुरुङ लाई फेटा लगाएर सम्मान गरिएको थियो भने तमु वृतचित्र अनुसार ल्हो को अर्थ वर्ष अथवा वर्ग र सार/छार को अर्थ नयाँ भन्ने हुने भएकोले एउटा वर्ग/वर्षलाई बिधाई तथा अर्को वर्ग/वर्षलाई स्वागत गर्दै मनाईने यो पर्वमा आउने र जाने विधी अनुसार यो वर्ष मुप्र्ही ल्हो लाई बिदाई र सप्र्ही ल्हो लाई स्वागत गर्दै मनाइएको हो ।

मध्याह्न १२ बजेबाट औपचारिक रुपमा सुरु भएको कार्यक्रममा संस्था एवं ल्होसारको बारेमा समाजका प्रथम उपाध्यक्ष तेज गुरुङले प्रष्ट पारेका थिए साथै तमु साँस्कृतिक परिवारमा आवद्ध रहेका कलाकारहरु प्रकाश गुरुङ, दुर्गा गुरुङ (डिबि), रोजिना गुरुङ, पुष्पा गुरुङ, सोनी आले मगर, मौसमी गुरुङ, सगिंता गुरुङ, तिलमाया गुरुङ, गिता तामाङ, विशाल गुरुङ, बिमल गुरुङ, टिकाराज गुरुङ, निसान गुरुङ, पुर्ण गुरुङले ल्होसार स्वागत नृत्य पेश गरेका थिए ।

कार्यक्रमको सुरुमै नेपालबाट आमन्त्रित अतिथि कलाकार बबिता गुरुङ स्टेज चढेकी थिइन उनले “खो पाते, सालैजो, गोर्खाको डाँडैमा हावा सरर बोलको गीत गाउदै आफुलाई कतार सम्म आउने बाताबरण मिलाई दिएकोमा आयोजक टिम प्रति आभार व्यक्त गर्दै पहिलो चरणको आफ्नो प्रस्तुति टुङ्ग्याएकी थिइन भने कार्यक्रमको अन्ततिर दोश्रो चरण फेरि स्टेजमा देखिएकी गुरुङले ङोल्स्यो राम्रानी, लाकुरी बोटैमा लगायत अन्य लोकेगीतहरु सहित करिब आधा दर्जन गितहरु गाएर दर्शकलाई झुमाएकी थिइन ।

समाजका महासचिव डिजन गुरुङले साङ्गीतिक प्रस्तुति र शुभकामना मन्तव्यलाई मिलाएर सहजीकरण गरेका कार्यक्रममा तमु (गुरुङ) समाज कतारलाई स्थापना काल देखि नै विभिन्न कोणबाट सहयोग गर्दै आईरहेका समाजका विशिष्ट ब्यक्तित्वहरु क्रान्ति सिह, बिमल सुवेदी, माया केसी, रमेश भट्ट, कमलमणी गुरागांई लाई मानार्थ सदस्यको प्रमाण पत्रको साथमा भांग्रा लगाईदिएर सम्मान गरिएको थियो ।त्यस्तै तमुहरुको संस्कार अनुसार समाजका संस्थापक र संरक्षकहरुलाई संस्थाको लोगो अङ्कित खादा लगाएर सम्मान गरिएको थियो ।

नेपाल आदिवासी जनजाती महासघं कतारमा आवद्ध रहेका थुप्रै मातृं संस्थाहरु र पाल्पाली सेवा समाज कतारले भाईचाराको सम्बन्धमा थप बलियो बन्ने र दाजुभाई तथा दिदीबहिनीको माया सम्मान थप प्रगाढ बन्ने बिश्वास व्यक्त गर्दै समुदायमा चलिएको रितिरिवाज, चालचलन, धर्म संस्कृतिको समेत जगेर्ना हुने बताउदै सामुहिक रुपमा कोसेली प्रदान गरेका थिए । कार्यक्रममा गैर आवासीय नेपाली तारा – २०२३ का बिजेता रुस्तम तामाङ, नृत्यतर्फ प्रथम भएकी निरु श्रेष्ठ सङ्गै सरला तामाङ, गोबिन्द गुरुङ, विशाल गुरुङ लगायत तमु गुरुङ साँस्कृतिक परिवारमा आवद्ध रहेका अन्य थुप्रै कलाकारहरुले आफ्ना गायन तथा नृत्य प्रस्तुतिहरुले माहोल सङ्गीतमय बनाइ दिएका थिए ।

कार्यक्रमको अन्ततिर नेपालबाट आमन्त्रित अर्का अतिथी हास्यंकलाकार तथा जादुगर शेर बहादुर गुरुङ स्टेज चढ्दै आफ्ना विभिन्न अलौकिक जादुकला प्रदर्शन गरेका थिए । उनले पत्रीका पोलेर परेवा उडाए, फोटो फ्रेममा परेवाको तस्बिर राखेर त्यही फ्रेमबाट उडाए, रित्तो आम्खोराबाट पानी निकाले, यस्तै यस्तै थुप्रै जादुकला प्रदर्शन गरेर दर्शकलाई अचम्मित पार्नुको साथै कमेडी कौशल देखाएर हसाएका थिए भने एकाग्र भएर उनलाई हेरिरहेका दर्शकको हुटिङको बर्षाले माहोल तातेको थियो ।

मन्तव्यकै क्रममा प्रमुख अतिथी गुरुङले समाजले प्रमुख अतिथीको भुमिका दिएकोमा खुशी व्यक्त गर्दै तमुहरुको मात्र नभई हाम्रो देशको भेषभुषा, कला संस्कृतिको जगेर्ना गर्नु सम्पुर्ण नेपालीहरुको दायित्व रहेको बताए । उनले आफू कतार प्रवेश गरेको समयलाई स्मरण गर्दै कतारमा रहेका दुई संस्थाले अलग-अलग ठाउमा दुई वटा ब्यानर राखेर कार्यक्रम गर्दा समाज भाडिनें र दोहाको समाजले फरक दृष्टिकोणले हेर्ने भएकोमा चिन्ता व्यक्त गरे । गुरुङले थप बोल्दै आगामी दिएमा दुई वटा संस्था मिलेर समाजमा एकताको सन्देश दिदै मिलेर अगाडि बढन आग्रह गर्दै तमु ल्होसारको महान पर्वको पावन अवसरमा देश बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रमको अन्तमा सभापति टौमाया गुरुङले बिगत चार महिना देखि कार्यक्रमको तयारीका साथै प्रचार, प्रचार गर्दै आईरहेता पनि विभिन्न बाधा अवरोध गर्दै कार्यक्रम जुधाउने प्रथाले आफू असन्तुष्ट रहेको बताईन । उनले आफुले आफ्नो कार्यकाल भरी दोहाका विभिन्न संघ संस्था सगं हातेमालो गर्दै गर्दा पनि एउटै समाजका दुई वटा ब्यानर, एउटा चुल्होको भान्सा दुई तिर छुटिदा, बाडिदाँ मनलाई खुसी नमिल्ने र दुईवटा संस्था यसरी भाडिदाँ समाजमा सकारात्मकको पाटो नदेखिने हुँदा आगामी दिनमा अर्को संस्था सगं सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न  सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरिन ।

कार्यक्रममा विभिन्न भेषभुषामा सजिएका करिब एक हजार भन्दा धेरै दर्शकहरुको उपस्तिथि थियो भने हर्ष उल्लासका साथ मनाइएको यो वर्षको तमु ल्होसार कार्यक्रम सुरु हुनु अगाबै सप्र्ही ल्हो बर्गलाई स्वागत गर्दै सोही वर्गमा जन्मिएका केही व्यक्तिहरुलाई रिपा लगाइएको थियो ।

त्यसैगरी तमु (गुरुङ) हरुको नयाँ बर्ग/वर्ष सुरु सङ्गै मौलिक प्रथा छेलो फालेर जित्नेलाई तमु राजा (म्रु) चुन्ने प्रचलन रही आएको छ सोही प्रचलन लाई निरन्तरता दिन यस बर्ष पनि गत – २७ डिसेम्बर सनैया स्थित – ५२ नम्बरमा छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको थियो जसमा ५९ जनाको सहभागी सबैभन्दा धेरै १३.५१ मिटर टाढा हानेर लम्जुङ हर्क तमु गुरुङ प्रतियोगिताको बिजेता बन्दै सप्र्ही ल्हो-बर्ष/वर्षको राजा (म्रु) घोसित भएका थिए ।

images
प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - १३:३३:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology