Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा विशेष सांस्कृतिक कार्यक्रम

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा विशेष सांस्कृतिक कार्यक्रम

इच्छाकामना न्युज

८, आश्विन २०८३
एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा विशेष सांस्कृतिक कार्यक्रम
images

काठमाडौं । काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो तथा ऐतिहासिक सांस्कृतिक उत्सव इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका दरवारक्षेत्रमा  विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै इन्द्रजात्राको सुरुवातलाई थप उत्साहपूर्ण बनाएका छन् । नेपाली मौलिक कला, संस्कृति, परम्परा र समुदायसँगको सम्बन्धलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा इन्द्रजात्राको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई उजागर गर्दै युवापुस्तालाई आफ्नो मौलिक संस्कृति तथा परम्परासँग जोडिन प्रेरित गरिएको थियो ।

images
images

WhatsApp Image 2026-09-24 at 8.09.35 AM.jpeg

इन्द्रजात्राको जीवन्त वातावरण, सांस्कृतिक विविधता र ऐतिहासिक गरिमालाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले विभिन्न सांस्कृतिक गतिविधिमार्फत उत्सवको रौनक बढाएका छन् । कार्यक्रममा स्थानीय संस्कृति, कला तथा परम्पराको संरक्षण र प्रवद्र्धनमा जोड दिइएको थियो । एक्स्ट्रिम इनर्जी ड्रिंकले स्थानीय जात्रा, पर्व तथा समुदायसँग सहभागी हुँदै आफ्नो सामाजिक उत्तरदायित्वलाई सांस्कृतिक संरक्षणसँग जोड्दै आएको जनाएको छ ।  

WhatsApp Image 2026-09-24 at 8.09.33 AM.jpeg

images
प्रकाशित मिति :आश्विन ८, २०८३ बिहिवार - १८:५२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology