Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

जय ट्रफी : आर्मी र पुलिस फाइनलमा

जय ट्रफी : आर्मी र पुलिस फाइनलमा

images

इच्छाकामना न्युज

२८, पौष २०८१
जय ट्रफी : आर्मी र पुलिस फाइनलमा
images

काठमाडौँ, पुस २८ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ‘जय ट्रफी मेन्स एलाइट कप’ को फाइनलमा प्रवेश गरेको छ ।

लिग चरणको अन्तिम खेलमा आर्मीले मधेश प्रदेशलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । यस्तै पुलिसले लिगको अन्तिम खेलमा बागमती प्रदेशलाई पाँच विकेटले हराउँदै फाइनलमा पुगेको हो । 

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार मधेशले प्रस्तुत गरेको २८ रनको लक्ष्य आर्मीले दुई विकेटको क्षतिमा पूरा गरेको हो । आर्मीको पहिलो पहिलो जित हो । आर्मीले यसअघि पुलिस र बागमतीसँग बराबरी खेलेको थियो । 

आर्मीका लागि तृतराज दासले ११ तथा इम्रान शेखले अविजित आठ र बसिर अहमदले अविजित चार रन बनाउनुभयो । बलिङमा मधेशका प्रदीप पासवानले दुई विकेट लिनुभयो । आर्मीसँग फलो अनमा परेको मधेशले दोस्रो इनिङमा एक सय ५० रन मात्रै बनाएपछि आर्मीले २८ रनको सामान्य लक्ष्य पाएको थियो । 

२/० को अवस्थामा दोस्रो दिनको खेल सुरु गरेको मधेशले एक सय ४८ रन थप्दा सबै विकेट गुमाएको थियो । मधेशका लागि मायन यादवले सर्वाधिक ४९ रन बनाउनुभयो । यस्तै कप्तान हरिशंकर साहले २५, अभिषेक तिवारीले १९, निरज यादवले १७ र हिमान्शु दत्तले ११ रन बनाउनुभयो । 

बलिङमा आर्मीका बसिर अहमदले चार विकेट लिनुभयो । यस्तै शाहब आलमले तीन र आकाश चन्दले दुई दुई विकेट लिनुभयो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङ्समा  दुई सय २५ रन बनाएको थियो । मधेश एक सय दुई रनमै समेटिए पछि मधेश फलो अनमा परेको थियो ।

यसैगरी जनकपुरमा आइतबार बागमतीले दिएको एक सय १६ रनको लक्ष्य पुलिसले पाँच विकेटको क्षतिमा पूरा गरेको हो । पुलिसको जितमा शंकर रानाले सर्वाधिक ५६ रन बनाउनुभयो ।

 

कप्तान कुशल भुर्तेल ३२ रन र अर्जुन साउदले अविजित २० रन बनाउनुभयो । बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले दुई तथा नन्दन यादव, प्रतिस जिशी र सुर्य तामाङले एक एक विकेट लिनुभयो । 

पहिलो इनिङ्समा एक सय तीन रनले पछि परेको बागमतीले दोस्रो इनिङ्समा दुई सय १८ रन बनाएको थियो । दोस्रो इनिङमा बागमतीले एक सय १५ रनको अग्रता लिएको थियो । बागमतीका लागि शुभ कसांकारले सर्वाधिक ७० रन बनाउनुभयो । यस्तै इशान पाण्डे ५२, कप्तान सन्दीप लामिछाने र सुर्य तामाङ १६/१६ तथा उत्तम थापामगरले १४ रन बनाउनुभयो । 

बलिङमा पुलिसका लागि ललितनारायण राजवंशीले तीन विकेट लिनुभयो । श्रवण यादवले दुई तथा प्रेम तामाङ, कुशल भुर्तेल, राशिद खाना र गुलशन झाले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्ता पाएको बागमती ३३.२ ओभरमा सवै विकेटको क्षतिमा एक सय १२ रन बनाएको थियो । बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ७१ रन बनाउनुभयो । प्रतिक श्रेष्ठले १२ रन जोड्नुबाहेक बागमतीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

बलिङमा पुलिसका श्रवण यादवले ह्याट्रिक विकेट लिनुभयो । ललितनारायण राजवंशीले तीन तथा कुशल भुर्तेलले दुई विकेट झार्नुभयो । यसअघि पुलिसले पहिलो इनिङ्समा ४५.५ ओभरमा दुई सय १५ रन बनाएको थियो । 

जितसँगै पुलिस ६६ अङ्क जोडेदी शीर्षस्थानमा रह्यो । दोस्रो स्थानमा रहेको आर्मीले ५५ अङ्क बनायो । आर्मी र पुलिसबिचको फाइनल खेल मङ्गलबार हुनेछ । फाइनल खेल तीन दिवसीय हुनेछ । यस्तै ४१.५ अङ्क बनाएको बागमती र ३१ अङ्क बनाएको मधेशको यात्रा लिग चरणमा सकिएको छ । 

images
प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - २०:२५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology