Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

आईपिएल २०२१ को अक्सनमा बिकेनन् सन्दीप लामिछाने

आईपिएल २०२१ को अक्सनमा बिकेनन् सन्दीप लामिछाने

एजेन्सी

६, फाल्गुण २०७७
आईपिएल २०२१ को अक्सनमा बिकेनन् सन्दीप लामिछाने
images

काठमाडौं, ६ फागुन । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा ‘अनसोल्ड’ भएका छन् । बिहीबार चेन्नइमा भएको आइपिएलको अक्सनमा उनी ४० लाख (भारतीय रुपैयाँ) मा उपलब्ध थिए । तर कुनै पनि टोलीले उनलाई भित्र्याउन चाहेनन् ।

images
images

योसँगै सन्दीपले आगामी संस्करणको आइपिएल खेल्न नपाउने भएका हुन् । सन्दीपले २०१८ मा पहिलो पटक दिल्लीमा आवद्ध भइ आइपिएल खेलेका थिए । उनलाई २० लाख भारतीय रुपैयाँमा दिल्लीले भित्र्याएको थियो ।

सन्दीपले आइपिएलको तीन तीन संस्करणमा ९ खेल खेल्दै १३ विकेट लिएका छन् । सन् २०२० को आइपिएलमा उनी पुरै समय बेञ्चमा बसेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - १९:३५:२४ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology