Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखाको शहिद लखन गाउँपालिकाले बनायो स्थानीय पाठ्यक्रम, आउदो शैक्षिकसत्रबाट विद्यालयमा पढाइने

गोरखाको शहिद लखन गाउँपालिकाले बनायो स्थानीय पाठ्यक्रम, आउदो शैक्षिकसत्रबाट विद्यालयमा पढाइने

चित्र बहादुर गुरुङ

७, फाल्गुण २०७७
गोरखाको शहिद लखन गाउँपालिकाले बनायो स्थानीय पाठ्यक्रम, आउदो शैक्षिकसत्रबाट विद्यालयमा पढाइने
images

घैरुङ, ७ फागुन । गोरखाको शहिद लखन गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ। गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयमा अध्यापन गराउने उद्देश्यका साथ स्थानीय परिवेश अन्तर्गतका विविध विषयहरुलाई समेटेर स्थानीय पाठ्यक्रम तयार पारेको हो। 
गाउँपालिकाले पहिलो चरणमा कक्षा १, २ र ३ को स्थानीय पाठ्यक्रम तयार पारेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन आले मगरले बताउनुभयो। गाउँपालिकाले तयार पारेको उक्त पाठ्यक्रम गाउँपालिकाको आठौँ गाउँसभाले स्वीकृत समेत गरिसकेको उहाँले बताउनुभयो। 
स्थानीय तह सञ्चालन ऐन २०७४ परिच्छेद ३ को दफा ११ को उपदफा २ ‘ज’ बमोजिम हरेक स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारी लागु गर्न पाउनेछ। सोहि बमोजिम गाउँपालिकाले पाठ्यक्रम तयार पारेको प्रमुख प्रशासकिय अधिकृत मगरले बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले तयार पारेको पाठ्यक्रममा ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक, सम्पदा तथा क्षेत्रहरुको परिचय, स्थानीय जनजीवन, पेशा व्यवसाय, सामाजिक मूल्य मान्यता र प्रकोप तथा विपद् व्यवस्थापन लगायतका विषय क्षेत्रहरु समावेश गरिएका छन्।
तयार भएको स्थानीय पाठ्यक्रम मध्य गाउँपालिकाले यहि आउदो शैक्षिक शत्र २०७८÷०७९ बाट कक्षा १ मा स्थानीय पाठ्यक्रम लागु गरि सुरुवात गर्ने तयारी गरेको छ भने बाँकी कक्षा २ र ३ मा अर्को शैक्षिक शत्र देखि लागु गरिनेछ। त्यस्तै गाउँपालिकाले कक्षा ८ सम्मै स्थानीय पाठ्यक्रम लागु गर्ने गरी अन्य बाँकी कक्षाहरुको पनि स्थानीय पाठ्यक्रम बनाउने तयारी थालेको गाउँपालिकाले जनाएको छ। 

images
images

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - ०९:१९:५६ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology