Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

चितवनमा माघ १२ गतेदेखि राईजिङ्ग भरतपुर गोल्डकप-२०८१ हुने

चितवनमा माघ १२ गतेदेखि राईजिङ्ग भरतपुर गोल्डकप-२०८१ हुने

images
चितवनमा माघ १२ गतेदेखि राईजिङ्ग भरतपुर गोल्डकप-२०८१ हुने
images

चितवन, माघ ५ । चितवनमा राईजिङ्ग भरतपुर गोल्डकप-२०८१ हुने भएको छ । चितवन ११ फुटबल क्लब भरतपुर–१३ले आगामी माघ १२ गतेदेखि १९ गतेसम्म गोल्डकपको आयोजना गर्न लागेको हो । प्रतियोगिता नेपाल जुनियर प्रहरी शिक्षालयको खेलमैदान भरतपुरमा हुने आयोजकले आज (शनिबार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
प्रतियोगितामा विभागिय टोली सहित ८ टिमको सहभागिता रहने चितवन ११ फुटबल क्लब भरतपुर–१३का अध्यक्ष शुशिल कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, सरस्वती युवा क्लब, आबुखैरहनी गाउँपालिका, गैडाकोट फुटबल क्लब, बागमती युवा क्लब सर्लाही, सुर्यपुर युवा क्लब कालिका, र प्याराडाईज युवा क्लब चितवनको सहभागिता रहने छन् ।

प्रतियोगिताको प्रवद्र्धन राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, बागमती खेलकुद परिषद्, चितवन जिल्ला खेलकुद महासंघ, चितवन जिल्ला फुटबल संघ र भरतपुर खेलकुद विकास समितिले गरेका छन् । प्रतियोगिता फिफाको नियम अनुसार अध्यक्ष कार्कीले जानकारी दिए ।
गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापन्तिलाई दश हजार रुपैयाँ पुरस्कार राखिएको छ । साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।

images
प्रकाशित मिति :माघ ५, २०८१ शनिवार - १९:२६:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology