Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नवनिर्वाचित एमाले इच्छाकामना गाउँकमिटिको शपथ ग्रहण तथा पहिलो बैठक सम्पन्न

नवनिर्वाचित एमाले इच्छाकामना गाउँकमिटिको शपथ ग्रहण तथा पहिलो बैठक सम्पन्न

जनताको पार्टी हो भन्ने जनतामा महसुस गराउने गरी काम गर्न जिल्ला इन्चार्ज देवी ज्ञवालीको निर्देशन

नवनिर्वाचित एमाले इच्छाकामना गाउँकमिटिको शपथ ग्रहण तथा पहिलो बैठक सम्पन्न

कुरिनटार । नेकपा एमाले इच्छाकामना गाउँ कमिटिको शपथ ग्रहण तथा पहिलो बैठक सम्पन्न भएको छ । आईतबार कुरिनटार स्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा नवनिर्वाचित गाउँकमिटिको शपथग्रहण तथा पहिलो बैठक सम्पन्न भएको हो ।

images

6fd9ad40-26b9-4ad4-8ab4-eaca969459fe.jpeg

शपथ ग्रहण कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा चितवन क्षेत्र नं. २ इन्चार्ज कृष्णभक्त पोखरेल, बागमतीका वनमन्त्री एवं एमाले बागमती प्रदेश कमिटि सदस्य कृष्ण सिलवाल, प्रदेश कमिटि सदस्य दिवस पाण्डे, जिल्ला अध्यक्ष कमल पाठक, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, लगायतको आतिथ्यता रहेको थियो ।

गत पौष १२ गते सम्पन्न दोश्रो अधिवेशनले प्रकाश अधिकारीको नेतृत्वमा ७५ सदस्यीय गाउँ कमिटी  सर्वसम्मत निर्वाचित भएको थियो । अधिवेशनले उपाध्यक्षमा लक्ष्मण चेपाङ, सचिवमा बोध बहादुर गोले, उपसचिवमा शान्ता पाण्डे त्रिपाठी र कृष्ण गुरुङलाई चयन गरेका थिए । 

पदभारग्रहण गर्दै गाउँ कमिटी अध्यक्ष  प्रकाश अधिकारीले  पार्टीलाई जनतासँग जोड्न र पार्टी संगठनलाई थप सुदृढ तथा सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । 

cbdcaf18-025e-4a08-a933-abf6171788cb.jpeg

यस्तै कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै नेकपा एमाले पोलिटव्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले एमाले जनताको पार्टी हो भन्ने जनताको मन मनमा पर्ने गरी काम गर्न नवनिर्वाचित गाउँकमिटिलाई निर्देशन दिएका थिए भने केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले एमालेलाई चौतर्फि घेराबन्दी गर्ने प्रयास भएपनि यो देश परिवर्तनका लागि एमाले निर्विकल्प रहेको बताए ।

571f15d7-a071-471a-99b6-09723a09eb43.jpeg

साथै पछिल्लो समय केही व्यक्तिहरुले पार्टीमै बसेर पार्टी विरुद्ध नै गालीगलौज गर्दै सामाजिक सञ्जालमा लेख्ने प्रवृत्ति बढेको भन्दै एउटा सच्चा कार्यकर्ताले त्यस्तो कार्य गर्न नहुने एमाले बागमति प्रदेश कमिटि सदस्य एवं बागमतीका वनमन्त्री कृष्ण सिलवालले बताए ।

e1ee22c3-d44d-4ff3-9b6c-2e914adf92f8.jpeg

21d01e8f-3b22-4eda-aedd-8a53f8de1f41.jpeg

images
प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - २२:१८:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology