Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बन्दीपुर गाउँपालिका स्तरिय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पवित्रा माविलाई

बन्दीपुर गाउँपालिका स्तरिय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पवित्रा माविलाई

बन्दीपुर गाउँपालिका स्तरिय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पवित्रा माविलाई
images
बन्दीपुर। तनहुँको बन्दीपुरमा आयोजित अन्तर बिद्यालय स्तरिय छैठौँ राष्ट्रपति रनिङशील प्रतियोगिता को उपाधि बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित पवित्र माध्यमिक विद्यालयले हात पारेको छ। विद्यालयले नौ स्वर्ण पाँच रजत र चार काश्य सहित प्रथम हुन सफल भएको हो। पवित्र माविले प्रथम पुरस्कार स्वरूप शिल्ड मेडल प्रमाणपत्र र नगद रु. १५ हजार प्राप्त गरेको छ।

योसँगै लगातार तेस्रो पटक शिल्ड जित्दै पवित्र माबिले ह्याट्रिक गर्न पनि सफल भएको हो । यसअघि पवित्र माविले लगातार दुई पटक पहिलो स्थानसहित उपाधि जितेसकेको थियो । लगातार ३ बर्ष उपाधी हात पारे संगै पवित्राले मुख्य शिल्ड प्रमाणपत्र र नगद रु. १० हजार समेत हात पार्न सफल बनेको छ ।

images
images

यस्तै बन्दीपुर गाउँपालिका वडा नम्बर १ कै मनासलु सेकेण्डरी इङलिस बोर्डिङ्ग स्कूल छ स्वर्ण एक रजत र तीन काश्य सहित दोस्रो हुन सफल भएको छ। द्वितीय पुरस्कार स्वरूप द्वितीय पुरस्कार स्वरूप शिव माविले शिल्ड मेडल प्रमाणपत्र र नगद रु. १० हजार प्राप्त गरेको छ।

यस्तै प्रतियोगितामा चार स्वर्ण आठ रजत र चार कास्य सहित बन्दीपुर गाउँपालिका वडा नम्बर ३ स्थित शिव माध्यमिक विद्यालय तृतीय भएको छ। द्वितीय पुरस्कार स्वरूप शिव माविले शिल्ड मेडल प्रमाणपत्र र नगद रु. ५ हजार प्राप्त गरेको छ।

यही माघ ५ गतेदेखि तीन दिनसम्म बन्दीपुर गाउँपालिका वडा नम्बर ४ टुडिखेलमा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङको अध्यक्षता तथा अध्यक्ष सुरेन्द्रबहादुर थापाको प्रमुख अतिथ्यतामा
विजयी समूह तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । विजयीलाई शिल्ड मेडल प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरेका गरिएको थियो ।

गाउँपालिकाका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा पालिकाका ९  विद्यालयका  करिव ४५० बिद्यार्थीहरु सहभागी रहेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भीम लामिछानेले बताए । प्रतियोगितामा दौड भलिबल, हाइजम्प, लंगजम्प, ज्याब्लीङ थ्रो, लगायतका खेलहरु समावेश गरिएको थियो ।

खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै अध्यक्ष थापाले बन्दीपुरमा खेल निरन्तर अगाडि बढाउने बताए । थापाले पालिकाको खेलकुद क्षेत्रको विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताउँदै भोलिका दिनमा बन्दीपुरमा खेल क्षेत्रको उल्लेख्य विकास हुने र यहाँबाट राष्ट्रिय स्तरका खेलाडी हुने क्रम भइसकेकोले बन्दीपुरको पर्यटन प्रवर्धनमा खेलकुदले थप टेवा पुग्ने बताए।

images
प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - २२:१६:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology