Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

भोलीदेखि लागु हुने गरि हवाइ भाडा बढ्यो 

भोलीदेखि लागु हुने गरि हवाइ भाडा बढ्यो 

इच्छाकामना न्युज

७, फाल्गुण २०७७
भोलीदेखि लागु हुने गरि हवाइ भाडा बढ्यो 
images

काठमाण्डौ, ७ फागुन । वायुसेवा सञ्चालकहरूले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले हवाई इन्धनको भाउ बढाउने निर्णय गरेको थियो । वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गर्ने नीति अनुसार नयाँ मूल्य तोकिएको हो ।
संघले सिफारिस गरेको मूल्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत सदर गरेका कारण शनिबारबाट लागु हुने गरी मूल्य परिमार्जन गरिएको हो । बढेको सरचार्ज अन्तर्गत काठमाडौंबाट माउन्टेन फ्लाइटमा जानेका लागि ७० रुपैयाँ बढी मूल्य पर्नेछ । काठमाडौं धनगढी रुटमा ९० रुपैयाँ भाडा बढी पर्नेछ ।

images
images

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - १९:२६:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology