Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

निर्वाचन आयोगको कामप्रति प्रधानमन्त्री असन्तुष्ट 

निर्वाचन आयोगको कामप्रति प्रधानमन्त्री असन्तुष्ट 

इच्छाकामना न्युज

८, फाल्गुण २०७७
निर्वाचन आयोगको कामप्रति प्रधानमन्त्री असन्तुष्ट 
images

काठमाण्डौ, ८ फागुन । वैशाखको निर्वाचनका लागि तयारी प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगसँग असन्तुष्टि जनाउनुभएको छ । आयोगसँगको केही समयअघि भएको भेटमा त्यहाँका पदाधिकारीले तयारी अगाडि बढाएको बताए पनि हालसम्म पनि निर्वाचन कार्यक्रम सार्वजनिक नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । एकहत्तरौँ प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले कमलादीमा हिजो आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उहाँले यस्तो उल्लेख गर्नुभएको हो । 
निर्वाचन हुन नदिनका लागि विभिन्न षड्यन्त्रहरु भइरहेकोले त्यसका लागि नेपाली जनता सचेत हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले जनताको साथ लिएर सरकार अघि बढिरहेको बताउनुभयो । राज्यका विभिन्न निकायलाई धमक्याउने तर्साउने काम भइरहेकोमा आपत्ति प्रकट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विथोल्ने बिगार्ने तत्वदेखि सावधान हुन जरुरी छ ।’ बहुमत भत्काएर देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिए पनि आफूले त्यसलाई सफल हुन नदिएको दावी उहाँको थियो । 

images
images

images
प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - १०:३९:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology