Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

नेकपा निकट युवा संघले चैत मसान्तभित्र पाँच लाख सदस्यता वितरण गर्ने 

नेकपा निकट युवा संघले चैत मसान्तभित्र पाँच लाख सदस्यता वितरण गर्ने 

images

इच्छाकामना न्युज

९, फाल्गुण २०७७
नेकपा निकट युवा संघले चैत मसान्तभित्र पाँच लाख सदस्यता वितरण गर्ने 
images

काठमाण्डौ, ९ फागुन । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघले चैत मसान्तभित्र पाँच लाख सदस्यता वितरण गर्ने भएको छ । हालै सम्पन्न दोस्रो केन्द्रीय कमिटी बैठकको हिजोनिर्णय सार्वजनिक गर्दैसंघका नवनिर्वाचित अध्यक्ष बचनबहादुर सिंहले ‘जहाँ युवा त्यहाँ राष्ट्रिय युवा संघ’ मान्यता अनुरूप चैत मसान्तभित्र पाँच लाख सदस्य विस्तार गर्ने बताउनुभयो ।
चैत मसान्तभित्र ७७ वटा जिल्ला कमिटी, १ सय ६५ वटा संघीय निर्वाचन क्षेत्र समन्वय कमिटी, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, ७ सय ५३ स्थानीय तह कमिटी र ६ हजार ७ सय ४३ वडा कमिटी गठन गर्नेसमेत उहाँले जानकारी दिनुभयो ।मुलुकको स्वाधीनता तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै कमिटीमा साइबर सेना गठन गर्नेसमेत उहाँको  भनाइ छ ।यसअघि तत्कालीन नेकपा (एमाले)को युवा संघले युथ फोर्स गठन गरेको थियो । 
बैठकले सरकारले गरेको लोकप्रिय काम र असाधारण उपलब्धीलाई जनताबीचमा पु¥याउन संघका नेता कार्यकतालाई विशेष अभियानका साथ परिचालन गर्ने निर्णयसमेत गरेको छ ।  

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - ०९:२३:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology