गोरखा, २४ असोज
गोरखामा खोलाले बगाएर एक जना बेपत्ता भएको छ।
जिल्लाको धार्चे गाउँपालिका वडा नं ३ मा पर्ने खोर्ला खोलाले बगाउदा चुमनुब्री गाउँपालिका वडा नं ३ पाङसिङको हरि गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ। खचड तार्दै गर्दा उनलाई बगाएको स्थानीय प्रत्यक्षदर्शीले बताए। घटनाको बारेमा जानकारी आएको र बुझ्नका लागि माछाखोलाबाट प्रहरी खटिएको डि एस पी बासुदेव खतीवोडाले जानकारी दिनुभयो ।